images
images

शनिवार, जेठ ५ गते २०८१

पर्यटकले सजिलै गन्तव्य भेटाउन लुसनपाले राख्यो संकेत नम्बर

पर्यटकले सजिलै गन्तव्य भेटाउन लुसनपाले राख्यो संकेत नम्बर

images
images
images
सोमवार, आश्विन २२ २०८०
सोमवार, आश्विन २२ २०८०
  • पर्यटकले सजिलै गन्तव्य भेटाउन लुसनपाले राख्यो संकेत नम्बर

    लुम्बिनी, २२ असोज । 
    पर्यटक भित्राउन रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका (लुसनपा) ले नयाँ अभ्यास सुरु गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने हेतुले नगरप्रमुख (मेयर) सजरुद्दीन मुसलमानको नेतृत्वमा बाह्रय तथा आन्तरिक पर्यटकहरु लुम्बिनीमा आउँदा अल्मलिन नपर्ने गरी नगरपालिकाभित्र पर्ने सडकहरुमा संकेत नम्बर (स्ट्रीट नम्बर) राखिएको हो ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय दातृ संस्था युएनडीपी, नेपाल पर्यटन बोर्ड र लुम्बिनी साँस्कृतिक नगरपालिकाको साझेदारीमा लुम्बिनी ८० वटा संकेत नम्बर राखिएको छ ।

    सडकमा संकेत नम्बरको उद्घाटन गर्दै नगरप्रमुख सलमानले पर्यटन क्षेत्रको विकासका लागि नगरपालिका सधै तत्पर रहेको कुरा उल्लेख गरे । उनले पर्यटकहरु जाँदा कुन ठाउँ जाने, कहाँ बस्ने जस्ता विषयमा पर्यटकहरुलाई सजिलै जानकारी हासिल होस् भन्ने उद्देश्यले नम्बरिङ सिष्टम राखिएको बताए । पालिकाभित्र पर्ने ८० वटा सडकहरुमा नम्बरिङ गर्ने काम अघि बढेको भन्दै बढी मात्रामा पर्यटकहरुलाई लम्बिनीमा भित्र्याउन विविध रणनीतिक अभ्यास गरिँदै जाने उनको भनाइ छ ।

    त्यस्तै पर्यटकहरुले सजिलै आफनो गतव्य भेटाउन सजिलो होस् भनेर स्ट्रीट नम्बरिङ गरिएको नगर उपप्रमुख कल्पना हरिजनले बताइन् । उनले पर्यटनको विकासमा नगरले चासो दिएको बताइन् । अब बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकहरुले समस्या नझेली अवलोकन गर्न पाउने वातावरण सिर्जना भएको उनको भनाइ छ ।

    पर्यटकको आर्कषणको केन्द्र लुम्बिनीमा धेरै भन्दा धेरै पर्यटकहरुलाई गन्तव्यमा पुग्न सहज होस् भन्ने उद्देश्यले यो कार्य थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले बताए । बढ्दो शहरीकरणका कारण पर्यटकहरुलाई अल्झिन नपरोस् भन्ने चाहनालाई मध्यनजर गदैै सडकमा संकेत नम्बर राखिएको बताए । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिका सधै हातेमालो गर्न तयार रहेको र यी कार्यहरुमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए ।


    पर्यटकहरुको यात्रालाई सहज रुपमा सफल बनाउन संकेत नम्बरले महत्वपूर्ण भुमिका खेल्ने युएनडीपीका सु्दिप अर्यालले जानकारी दिए । पहिलो साझेदारी कार्यक्रम अन्तर्गत संकेत नम्बर राखिएको र धेरै पर्यटकहरुलाई भित्राउन सूचना केन्द्र स्थापना समेत गरिने कार्यक्रम रहेको पनि उल्लेख गरे ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij