
शुक्रवार , माघ १६, २०७७
परासी, १६ माघ ।
नवलपरासीको रामग्राम नगरपालिका ४ केरवानीमा रामग्राम बसपार्कको शिलान्यास भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा निर्माण हुन लागेको उक्त आधुनिक रामग्राम बसपार्कको रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।
रामग्राम नगरपालिका र संघीय आयोजना कार्यान्वयन ईकाई चितवनको संयुक्त आयोजनामा रामग्राम नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मदन यादवको अध्यक्षतामा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख नगुप्ताले उक्त बसपार्कको सिलन्यास गरेका हुन ।
५ करोड ६५ लाखमा भएको उक्त आधुनिक रामग्राम बसपार्कको ठेक्का समिर कन्सट्रक्शन परासीले भ्याट र कन्टिजेन्स बाहेक ३ करोड १९ लाख रुपैयामा ठेक्का लिएको छ । उक्त ठेक्का २०७८ असारमसान्तमा सम्पन्न गर्नु पर्ने म्याद ताकिएको छ ।
२ विगाहा क्षेत्रफलमा बन्न लागेको उक्त रामग्राम आधुनिक बसपार्कमा पहिलो चरण बसपार्कको कम्पाउण्ड भित्र माटो फिलिङ्ग, टिकट काउण्टर, यात्रुका लागि वेटिङ्ग रुम, गार्ड भवनको निर्माण कार्य हुनेछ भने गाडीहरुको पार्किङ्गका लागि पार्किङ्गस्थल, रिङ्ग रोड, फुटपाथ, वृक्षारोपण र शौचालयहरु निर्माणका कार्यहरु हुने रामग्राम नगरपालिकाका इञ्जिनियर शतिस गुप्ताले जानकारी दिए ।
विगत लामो समयदेखि नगरपालिकामा स्थायी बसपार्क नहुँदा परासी बजारको बुद्धचोकमा अव्यस्थित सवारी साधनहरुको पार्किङ्गले बजार कुरुप र अव्यस्थित बन्ने गर्दथ्यो तर अहिले बन्न लागेको स्थायी बसपार्क बनेपछि उक्त समस्या सधैका लागि सामाधान हुने नगरप्रमुख गुप्ताले बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गुप्ताले यो बसपार्क बनेपछि परासी बजारको कुरुपता हटने र बजार व्यस्थित तथा सुन्दर देखिनुका साथै रोजगारीको अवसर पनि सिर्जना हुने बताए । यो योजना नगरपालिकाको लागि गौरवको योजना समेत रहेको उनले बताए ।
कार्यक्रममा रामग्राम–४ का वडाअध्यक्ष मदन यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी, वडा नम्बर १ का वडाअध्यक्ष रुद्रप्रकाश उपाध्याय, वडा नम्बर ६ का वडाअध्यक्ष जितेन्द्र प्रसाद गुप्ता, उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, संघीय आयोजना कार्यान्वय ईकाईका प्राविधिक विरेन्द्र मण्डल, रामग्राम नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नगेन्द्र यादव, पत्रकार मोहन पौडेल लगायतले बसपार्क बनेपछि सवारीसाधनको व्यवस्थित पाकिङ्ग र यातायातलाई थप व्यस्थित गर्न सकिने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij