२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अर्थतन्त्रमा देखिएका समस्या पूर्णरुपमा समाधान हुन केहि समय लाग्छ : अर्थमन्त्री डा. महत

आइतवार , आश्विन २८, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या पूर्णरुपमा समाधान हुन केहि समय लाग्ने बताएका छन् । 

मोरोक्कोको माराकेशमा सम्पन्न विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी आइतबार स्वदेश फर्किएका अर्थतन्त्री महतले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रमा लामो समयदेखि देखिएको समस्या पूर्ववत अवस्थामा फर्काउन पनि केहि समय लाग्ने बताएका हुन् ।

अहिले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत सुरु भइसकेको उनले बताए । अर्थमन्त्री महतले मारोक्कोको वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीवीच सामुहिक तथा द्विपक्षीय हितका विषयमा छलफल तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त भएको बताए ।

वित्तीय सुशासन, पारदर्शिता तथा नेपाली सन्दर्भ र परिवेश अनुसारको सुधार आवश्यकका बिषयमा पनि परिचर्चा भएको उनले बताए ।

अर्थमन्त्री विश्व बैंकको र राष्ट्र बैकका गभर्नर आइएमएफको पदेन गभर्नर रहने व्यवस्था छ । त्यसैगरी, अर्थ सचिव विश्वबैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आइएमएफको बैकल्पिक गभर्नर रहने व्यवस्था छ ।