२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

माइती नेपालद्वारा किशोरीहरुलाई एकदिने अभिमुखीकरण

आइतवार , आश्विन २८, २०८०

भैरहवा, २८ असोज ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानूनी विषयमा किशोरीहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । उनीहरुलाई मानव बेचविखन कसरी हुन्छ, त्यसबाट जोगिने उपाय र बेचबिखन नियन्त्रणमा किशोरीहरुको भूमिका के हुन्छ भन्ने बारेमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा बेचविखनका कारण के हुन सक्छन् भन्ने बारेमा पनि छलफल भएको थियो । नेपालको कानूनमा यसमा क्षतिपूर्तिको बारेमा के कस्तो व्यवस्था छ भन्ने बारेमा पनि माइती नेपालका भैरहवा प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा बालबालिकाहरुमा हुने यौनदुव्र्यहारका बारेमा पनि उनले सहजीकरण गरेकी थिइन् ।

माइती नेपाल भैरहवाको आयोजनामा भएको कार्यक्रममा सिद्धार्थनगर अन्र्तगत वडा नम्बर ९ का २० जना किशोरीहरुको सहभागीता रहेको थियो ।