२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

चिमटिपको १६ औं साधारणसभा सम्पन्न

आइतवार , माघ १८, २०७७

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, १८ माघ ।
    बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समुह चिमटिप रुपन्देहीको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । माघ १४ गतेदेखि सुरु भएको साधारणसभा चार दिनपछि शनिबार सम्पन्न भएको हो । 

    वन उपभोक्ता समुहका अध्यक्ष भोला प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष यादवले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समिति सदस्य श्याम बस्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा कोषाध्यक्ष लिल बहादुर क्षेत्रीले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।  समुहका उपाध्यक्ष चुमकला बस्यालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव विमला चौधरीले गरेकी थिइन् ।

    माघ १४ गते साविक चिलिया गाविस, माघ १५ गते साविक मधवलिया गाविस, माघ १६ गते टिकुलीगढ गाविस र माघ १७ गते साविक पडसरी गाविसको गरी चारदिन सम्म सभा चलेको समुहका सदस्य अच्युत भट्टराईले बताए ।

    वन उपभोक्ता समुहले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएकोमा अविनाश अनाथ बालआश्रम कोटिहवामा अक्षयकोष लगायत स्कुल कलेजमा पनि सञ्चालनमा ल्याएको उपाध्यक्ष वस्यालले बताइन् । त्यसै गरी विकास निर्माणका कार्यहरु गुरुयोजना अनुसार सुरु गरिने समुहले जनाएको छ ।