२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सुरक्षाको ग्यारेन्टी गरी रात्रिकालिन व्यवसाय सञ्चालन गर्न व्यवसायीको माग 

आइतवार , माघ १८, २०७७

बुटवल। जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ त्यहाँको व्यवसायको प्रवद्र्धन अनिवार्य हुन्छ भन्ने कुरालाई व्यवसायीले मननगर्नु पर्ने कुरामा बुटलमा आयोजित एक कार्यक्रममावोल्ने व्यक्तिहरुले जोड दिएका छन्। शान्ति सुरक्षाको प्रत्याभूती नुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई हरेक क्षेत्रका व्यवसायीले बुभm्न जरुरी रहेको कार्यक्रममा औल्याईएको थियो।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शनिवार बुटवलमा गरेको व्यवसायीक अन्तरक्रियामा वोल्ने व्यवसायीले कोरोनाको माहामारीले थला परेको पर्यटन व्यवसायलाई बचाउन र फस्टाउने गरी वातावरण मिलाई दिन सुरक्षानिकाय समक्ष आग्रह गरेका छन्। 

अन्तरक्रियामा व्यवसायीले रुपन्देहीको बुटवल शहरलाई उज्यालो शहर बनाउनका लागि  रात्रीकालिन समयमा बुटवलको कालिका पथबाट अभियान शुरु गर्न माग गरे। कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बुटवललाई आर्थिक क्षेत्रको हर्व बनाउनका लागि आवश्यक पर्ने जस्तो सुकै सुरक्षा व्यवस्था प्रदान गर्न प्रहरी प्रशासन तयार रहेको बताए।  

उनले जहाँको सुरक्षा व्यवस्था राम्रो हुन्छ त्यहाँको व्यवसाय फस्टाउने कुरालाई ध्यानमा राखी व्यवसायीक मर्यादालाई आत्मसाथ गर्न माग गरे। होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले बुटवलको  कालिकापथ क्षेत्रलाई काठमाडौको ठमेल सहर विकास गर्न सके यस क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुने हुनाले राजनैतिक दल,नागरिक समाज, प्रहरी प्रशासनबीच समन्वय जरुरी रहेको धारणा राखे। संघका अध्यक्ष समुन्द्र जिसीले कोभिडको माहामारीले घर भाडा तिर्न नसकेर रुपन्देहीबाट १ सय बढी व्यवसायीले व्यवसाय नै छाडेको बताए। 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधवकुमार खनाल व्यवसायीहरु बाबुराम अर्याल, सन्तोष मल्ल, अतित थापा, सनोज श्रेष्ठ लगायतले बुटवल क्षेत्रमा व्यवसाय संचालन गर्ने रात्रीकालिन क्लवहरु, लाईभ म्यूजिक, क्याफे तथा होटल रेष्टुरेण्ट बन्द गर्ने समयाबधी लम्बाउन माग गरे।