
शनिवार , कार्तिक ४, २०८०
काठमाडौं, ४ कार्तिक ।
चौधरी फाउण्डेसनकी कोषाध्यक्ष सारिका चौधरीले नेपाल महिला संघलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकी छन् । नेपाली कांग्रेस निकट भ्रातृ संस्था महिला संघलाई शुक्रबार चौधरीले कार्यालय प्रयोजनका लागि कम्प्यूटर र प्रिन्टर सहयोग उपलब्ध गराएकी हुन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीकी धर्मपत्नी सारिकाले दशैंका अवसरमा महिला संघलाई उक्त सहयोग उपलब्ध गराएकी हुन् । काठमाडौंको धापासीमा रहेको महिला संघको केन्द्रीय कार्यालयमा कम्प्यूटर अभाव थियो ।
महिला संघ केन्द्रीय अध्यक्ष उषा मिश्र रावतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा निरन्तर सक्रिय चौधरीले विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएकी छन् ।
नेपालको प्रतिष्ठित व्यापारीक घराना चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत चौधरी फाउण्डेसनमार्फत देशका विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । पछिल्लो समय नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा चौधरी फाउण्डेसनमार्फत् विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा छन् । नवलपरासी–१ कांग्रेस नेता विनोद चौधरीको निर्वाचन क्षेत्र हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij