२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवल–१७ मा जसपाको वडा कमिटी गठन

आइतवार , माघ १८, २०७७

बुटवल, १८ माघ । 
बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) को २१ सदस्यीय वडा कमिटी गठन भएको छ । वडा कमिटीको अध्यक्षमा ओमबहादुर श्रीसमगर, उपाध्यक्षहरुमा हिरा परियार, रेखा हरिजन, कृष्ण लोध र शैलेन्द्र धारिका चयन भएका छन् । 

सचिवमा तारा कुमारी बस्याल, सह–सचिवमा लक्ष्मी परियार र कोषाध्यक्षमा बालाकुमारी तामाङ रहेका छन् । त्यस्तै सदस्यहरुमा पारस गुप्ता, ब्यासमुन चौधरी, सीमा बलाल मगर, पुनम धारिका, सेसराम गुप्ता, रामरतन ठाकुर, किसन दोङ लामा, धनबहादुर महतो, पल्टन चौधरी, भिमप्रसाद बस्याल, सावित्रा मल्ल, राधिका सुवेदी र सुरेन्द्र ठाकुर चयन भएका छन् । त्यस्तै सल्लाहकारमा सेवानन्द न्यौपाने, तारापति बस्याल र मिना पंगेनी चयन भएका छन् । 

कमिटी गठन कार्यक्रममा जसपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बामदेव भुसाल, सचिव तेजु राना, मजदूर नेता बाघबहादुर बुढा मगर, विजय ढकाल, सेवानन्द न्यौपाने, कृष्ण भुसाल लगायतले मन्तव्य राख्दै जनता समाजवादी पार्टी देशको सबैभन्दा अग्रगामी र प्रगतिशील पार्टी भएकाले अहिले प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमविरुद्ध जनतालाई गोलबन्द गर्दै आउँदो निर्वाचनमा निर्णायक शक्तिको रुपमा अघि आउने बताए । वक्ताहरुले वडा र नगरमा हुने भ्रष्टाचार, बेथितिविरुद्ध सशक्त आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका थिए ।