२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

जेसीआई सिद्धार्थ नेपालद्वारा शुभकामना आदानप्रदान, देशको अवस्थाप्रति युवाहरुको चिन्ता

आइतवार , कार्तिक ५, २०८०

भैरहवा, ५ कार्तिक ।
जेसीआई सिद्धार्थ नेपाल सिद्धार्थनगर, रुपन्देहीले विजया दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । संस्थाले आइतबार भैरहवास्थित जेसीआई सचिवालयमा कार्यक्रम आयोजना गरेको वर्ष २०२३ का महासचिव हरि लाल जयसवालले बताए ।

कार्यक्रममा युवाहरुले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुको अहिलेको विषम परिस्थितिमा गलत कार्यको विरोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारीले गलत कामको विरोध गर्न डराउन नहुने बताए । उनले भने, ‘विरोध गर्न डराउनुहुँदैन । विरोधका नाममा खुट्टा तान्ने प्रवृत्ति भने जायज होइन । ’ उनले विदेश पलायन हुने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष भण्डारीले सोचमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘जुट्नुपर्ने बेला आएको छ । देशको बारेमा सोच्ने बेला आएको छ । देशलाई माया गरौं ।’

त्यस्तै जेसीआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष कमल जि.सी.ले त्यागको भावनाको विकास गर्नुपर्नेमा जोड दिए । उनले सिद्धार्थनगरको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । निवर्तमान अध्यक्ष जि.सी.ले भने, ‘मिलेर अघि बढौं, बन्धुत्वको भावना विकास गरी अगाडि बढ्न आवश्यक छ ।’

नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले मुलुकको विकासका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

mml.jpg

कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुंवर, भलवारी जेसीजका अध्यक्ष माधव पाण्डे, डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेशनका अध्यक्ष डा. संजय पाण्डे, जेसीज सुनवलका अध्यक्ष विकास आचार्य, जेसीआई सिद्धार्थका पूर्वअध्यक्ष बाबुराम शर्मा, जेसीआई सिद्धार्थ लेडी, नेपालकी निवर्तमान अध्यक्ष प्रकृति उप्रेती, कञ्जन जेसीजका अध्यक्ष बुद्धि रेग्मी, जेसीआई नेपाल एकेडेमी कोर्डिनेटर राधिका चौधरी, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) की महासचिव लक्ष्मी अधिकारी, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी अध्यक्ष निपा क्षेत्री, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाकी ब्रह्माकुमारी अनिशालगायतले चाडपर्वको महत्वको बारेमा आ–आफ्ना भनाइ राख्दै मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।

kl.jpg

जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारीको अध्यक्षता, कानूनी सल्लाहकार दीपक काफ्लेको आस्था पाठ तथा कोष वृद्धि संयोजक शार्दुल मयुर कसौधनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।