
आइतवार , कार्तिक ५, २०८०
भैरहवा, ५ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ परासीरोड (भैरहवा) मा ‘शगुन फैसन्स’ सञ्चालनमा आएको छ । देवकोटा चोकदेखि १५० मिटर पूर्व शान्तिनगरमा व्यवसायिक प्रतिष्ठान शगुन फैसन्स सञ्चालनमा आएको सञ्चालक रवि कुमार रौनियारले बताए ।
२५ लाखको लगानीमा सञ्चालनमा आएको यो व्यवसायिक प्रतिष्ठानमा गुणस्तरीय सामान सुपथ मूल्यमा पाइने उनले बताए । त्यस्तै व्यवसायिक भवन अनिता कम्प्लेक्सको समेत शुभारम्भ गरिएको रौनियारले जानकारी दिए ।
भैरहवा शहरमा साडी तथा महिलाहरुका लागि गुणस्तरीय पहिरनको चाहनालाई पूरा गर्न शगुन फैसन्स सञ्चालनमा ल्याइएको सञ्चालक अनिता रौनियारले बताइन् ।
आइतबार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति राजेश कुमार अग्रवाल तथा समाजसेवी एवं सञ्चालक रवि कुमार रौनियारका पिता रामस्वार्थ गुप्ताले सगुन फैसन्सको उद्घाटन गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij