
आइतवार , माघ १८, २०७७
बुटवल, १८ माघ ।
लुम्बिनी फोटोग्राफर संघको १४ औं वार्षिक साधारणसभा एवं पाँचौं अधिवेशन शनिवार बुटवलमा सम्पन्नभएको छ । अधिवेशनका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराईले फोटोग्राफी पेसालाई मर्यादित र समय सापेक्ष बनाउनुपर्नेमा जोड दिदै प्रविधिमैत्री हुन सकेमा नै यो पेशा दीर्घकालीन हुने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिद्वय नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मी फोटोग्राफर संघका अध्यक्ष हरि न्यौपाने, रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन एवं भावी कार्ययोजना पेश गरेका थिए भने वरिष्ठ उपाध्यक्ष मनिराम पन्थ (मनिष) ले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सक्रिय महिला फोटोग्राफर माया पाण्डे, युवा फोटोग्राफर रविलाल पौडेल तथा उत्कृष्ट क्षेत्रीय संयोजक रामचन्द्र बेलबासे सम्मान गरिएको थियो । पुराना तथा अग्रज फोटोग्राफरहरु राम राज शर्मा, टेकनारायण भट्टराई, सुर्यनारायण ज्ञवाली, धनपति न्यौपाने र हेमनाथ घिमिरे (अर्जुन) सम्मानित भएका थिए ।
अधिवेशनले मणिराम पन्थ (मनिष) को अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिनेश अर्याल, प्रथम उपाध्यक्षमा रामप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा राम राज शर्मा र महासचिवमा माधव प्रसाद पन्थ निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा प्रेम बहादुर अर्याल, सह–सचिवमा कमला घर्तिमगर र रामचन्द्र बेलबासे कोषाध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले सदस्यमा त्रिभुवन पाण्डेय, कमल अर्याल, रेशम भण्डारी, मोहन महतो, गोभा ज्ञवाली, गीता पंगेनी, ज्योतिलाल भट्टराई, मनोज क्षेत्री, दीपक पौडेल र धिरेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी अधिवेशनले कर्णबहादुर तिवारीको संयोजकत्वमा शोभाखर पन्थ र रविलाल पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति समय छनौट गरेको छ ।
संस्थाका महासचिव रामप्रसाद भण्डारीले प्रथम सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम संस्थाका सचिव माधव पन्थले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij