२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राष्ट्रसंघका महासचिवको भ्रमण : लुम्बिनी पुग्नेदेखि संसदमा सम्बोधन गर्नेसम्म

आइतवार , कार्तिक १२, २०८०

काठमाडौं, १२ कार्तिक । 
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् । नेपालको चारदिने औपचारिक भ्रमणका लागि गए राती आएका महासचिव गुटरेसले संघीय संसदलाई सम्बोधन गर्नेसम्मको कार्यक्रम रहेको छ ।

गए राती १ बजे नेपाल आइपुगेका महासचिव गुटरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नेछन् ।

थप औपचारिक भेटवार्ता र संवाद सम्पन्न गरेपछि महासचिव गुटरेस पाटन दरबार क्षेत्रको पनि अवलोकनमा निस्कने छन् । आज उनै महासचिव गुटरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा सहभागी जनाउनेछन् । 
परराष्ट्र मन्त्रालयका अनुसार आफनो चा दिने भ्रमणका क्रममा महासचिव गुटेरेस सोमबार भने सगरमाथाको अवलोकन गर्न नाम्चे, पोखरा, अन्नपूर्ण आधारशिविर पछि गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

साथै, मंगलबारको कार्यसूची अनुसार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले यसअघि नै जनाइसकेको छ ।