२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

रुपन्देहीको मर्चवारमा साढे ५ लाख रुपैयाँ लुटपाट

आइतवार , कार्तिक १२, २०८०

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • एलिना आचार्य

    भैरहवा, १२ कार्तिक ।
    रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ स्थित दयानगरमा ५ लाख ५० हजार रुपैयाँ लुटपाट गरिएको छ । मर्चवारी गाउँपालिका–३ स्थित रायपुरका श्रीप्रकाश बरईको साथमा रहेको रकम अज्ञात समूहले लुटेको ईलाका प्रहरी कार्यालय (ईप्रका) मर्चवारले जनाएको छ ।

    आइतबार साँझ करीब ६ बजे भैरहवाबाट मर्चवारी–३ रायपुरस्थित आफ्नै आफ्नो घरतर्फ आइरहेका गल्ला व्यापारी बरईको साथमा रहेको रकम सम्मरीमाई–६ डिहुली र दयानगरको बीचमा लुटिएको ईप्रका मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले जानकारी दिए । बरई मोटरसाइकलमा आफ्नो घर आउँदै थिए । घटनापश्चात मर्चवार क्षेत्रको सम्पूर्ण नाकामा चेकजाँचलाई कडाइ गरिएको उनले बताए ।

    भैरहवा–मर्चवार सडकखण्ड हुँदै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुईजनाको अज्ञात समूहले पेस्तोल देखाएर रकम लुटपाट गरेको श्रीप्रकाश बरईका भाइसमेत रहेका मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले जानकारी दिए ।