२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

रुपन्देहीमा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ

आइतवार , कार्तिक १२, २०८०

भैरहवा, १२ कार्तिक ।
रुपन्देहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ का ३७ वर्षिय मोहन प्रसाद निरौला, सोही स्थानका ३६ वर्षिय शिब ओली र रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकरका ५५ वर्षिय राकेश बानिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार गत कार्तिक ८ गते लुम्बिनीको साँस्कृतिक नगरपालिका–१० स्थित लुम्बिनी गेष्ट हाउसको कोठा नम्बर ४०१ मा जुवातास खेल्ने कार्य भइरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोली उक्त स्थान पुगेको थियो । 

लुम्बिनी गेष्ट हाउसको कोठा नम्बर ४०१ मा चेकजाँच गर्दा विद्युतीय उपकरणसहित जुवातास खेलिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुबाट लु ३ च २०२२ नम्बरको कार, नगद रु. ८३ हजार २ सय ७०, मोबाइल ६ थान, मोबाइलको ब्याट्री (सानो, ठुलो) १७ थान, तासको गड्डी २४ थान, मोबाइलको कनेक्टर १ थान, विद्युतीय उपकरण व्याट्री जस्तो देखिने २९ थान र म्याक्स लेखेको व्याट्री ४ थान बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए ।

घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।