
मंगलवार , कार्तिक १४, २०८०
भैरहवा, १४ कार्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज लुम्बिनी आएका हुन् । लुम्बिनीमा महासचिव गुटेरेसको स्वागत गरिएको छ ।
गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटनमन्त्री सुदन किराती, पर्यटन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी, लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायतले स्वागत गरेका हुन् । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्।
महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij