२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

नेपाल भ्रमण सकेर फर्किए राष्ट्रसंघका महासचिव गुटेरेस

बुधवार , कार्तिक १५, २०८०

  • 871
    Shares
  • 871
    Shares
  • काठमाडौं, १५ कार्तिक । 
    नेपालको औपचारिक चारदिने भ्रमण पूरा गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा  १२  कार्तिकमा नेपाल आएका उनी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।

    उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको विदाईमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

    नेपाल भ्रमणको क्रममा गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नेदेखि उच्चस्तरीय राजनीतिक भेटघाट र विभिन्न क्षेत्रको भ्रमण अवलोकन गरेका थिए । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुअघि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । 

    संसदलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने कार्यमा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए । उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । सो क्रममा उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।