२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

स्रोत नखुलेको साढे १६ लाखसहित परासीबाट एकजना पक्राउ

शुक्रवार , कार्तिक १७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • परासी, १७ कार्तिक । 
    स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एकजनालाई बिहीबार दिउँसो प्रहरीले नवलपरासीको परासीबाट पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन् ।

    भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । 

    कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ । पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताए ।