२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा लगियो शान्ति दीप

शुक्रवार , कार्तिक १७, २०८०

भैरहवा, १७ कार्तिक ।
हिमालयमा परेको जलवायु परिवर्तको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रीत गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । शुक्रबार नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रीत गर्न शान्ति दीप कालापत्थरमा लगेको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले शान्ति दीपमा दीप प्रज्जवलन गरेर उक्त दीप सगरमाथाको आधार शिविरतर्फ लैजान हस्तान्तरण गरे । 

उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड, नेपाल पर्वतारोहण संघका पूर्व सचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही संघका महासचित शिव बहादुर सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।  

उपाध्यक्ष डा. लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनी शान्तिदीपबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर लैजादा सकरात्मक सन्देश प्रवाह हुने बताए । उनले विश्व मानवजगतमा जलवायु परिवर्तनको असरसँगै द्धन्द्ध पनि बढिरहेको अवस्थामा पर्यटन मन्त्रालय अन्र्तगत शान्तिभूमि लुम्बिनीबाट विश्वको अग्लो शिखरमा दीप लैजाने कार्य गर्वको विषय भएको बताए । शान्ति दीपमा दीप प्रज्जवलन गराएपछि उक्तm दीपलाई लामा गुरुहरुबाट स्वस्ती शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो । 

उक्त दीप कार्तिक १९ गते आइतबार साँझ सम्ममा काठमाडौं पुर्याइने र सगरमाथा आधार शिविर कालापत्थर पुर्याइने नेपाल पर्वतारोहण संघले जनाएको छ ।  नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीप उक्त स्थानमा प्रज्ज्वलन गरिने छ । कार्तिक २५ शनिबारका दिन एक समारोहकाबीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान पुनः एकपटक नेपाल तर्फ केन्द्रित हुने संघका पूर्व सचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेलले बताए । 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असर बारे राष्ट्र संघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताए ।  वि.स. २०६६ सालमा आयोजना गरिएको कोप–१५ मा सगरमाथा आरोहणले डेनमार्क पुगेर मार्चपास गरेका थिए । 

nnn.jpg

अन्तर्राष्ट्रिय अल्पाइन संगठनहरू यूटिएए र भिएएको साधारणसभामा संघले ध्यानाकर्षण गर्दै आएतापनि प्रभावकारी प्रतिफल उपलब्ध हुन सकेको छैन । जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रीत गर्न २०६६ साल पौष १९ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठक बसेको थियो ।