२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

एमाले मधेश प्रदेश कमिटीले भुकम्पपीडितलाई ३ लाख सहयोग गर्ने

शनिवार , कार्तिक १८, २०८०

वीरगञ्ज, १८ कार्तिक । 
नेकपा एमाले मधेश प्रदेशले भुकम्पपीडितका लागि ३ लाख सहयोग गर्ने भएको छ । गएराती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्पपीडितका लागि सहयोग स्वरूप तीनलाख सहयोग गर्ने भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेश प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण कार्यक्रममार्फत सो घोषणा गरिएको हो । 

जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जनधनको क्षतिप्रति एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुःखी भएको पनि जनाएको छ ।

पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगंजमा भएको एमालेको मधेश प्रदेशस्तरीय विशेष कार्यक्रममार्फत पार्टीका तर्फबाट रु. ३ लाख सहयोग गर्ने निर्णय गरेको हो ।