२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

कोशी सरकारले भुकम्पपीडितलाई १ करोड सहयोग गर्ने

शनिवार , कार्तिक १८, २०८०

विराटनगर, १८ कार्तिक । कोशी प्रदेश सरकारले भुकम्प पीडितहरूका लागि १ करोड सहयोग दिने भएको छ । जाजरकोटलाई केन्द्र बनाएर गएराती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले १ करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद् कोषबाट १ करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल, मेट्रेक्स, कम्बललगायतका अति आवश्यक सामग्री एक–एक हजार थान पठाउने तयारीका साथ काम सुरू भएको छ ।
मुख्यमन्त्री निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भुकम्प पीडितका लागि अतिआवश्यक सामग्री तत्कालै पठाउने तयारी लगभग पुरा गरिएको जानकारी दिएका छन् ।