२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

व्यवसायी नेत्र आचार्यद्वारा भूकम्पप्रभावितका लागि रु.४० हजार सहयोग गर्ने घोषणा

शनिवार , कार्तिक १८, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १८ कार्तिक ।
    भैरहवाका व्यवसायी नेत्र प्रसाद आचार्यले भूकम्पप्रभावितका लागि ४० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष समेत रहेका आचार्यले राहत कोषमा ४० हजार दिने घोषणा गरेका हुन् । उनले भने, ‘मेरोतर्फबाट रु. ४० हजार राहत कोषमा दिने निर्णय गरेको छु ।’

    आचार्य लायन्स क्लबसहित विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध छन् ।

    जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ । भूकम्पका कारण सयौं बढी घाइते भएका छन् ।