२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

फाइनल खेलको टिकट विक्रीबाट प्राप्त रकमको ५० प्रतिशत भुकम्पपीडितलाई : क्यान

आइतवार , कार्तिक १९, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १९ कार्तिक । 
    नेपाल क्रिकेट संघ (क्यान) ले आज हुने फाइनल खेलको टिकट विक्रीबाट प्राप्त ५० प्रतिशत रकम भुकम्पपीडितलाई दिने भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।

    ‘आइसिसी टी २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमानबीच फाइनल खेलको टिकट विक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्पपीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ ।

    क्यानले मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

    397988856_742273991262317_1461524456788294726_n.jpg