
आइतवार , श्रावण १८, २०७७
भैरहवा, १८ साउन ।
नमुना एकीकृत विकास परिषद रुपन्देही (नमुना)को आयोजना, युनिसेफको सहयोग तथा सम्मरीमाई गाउँपालिकाको समन्वयमा कोभिड–१९ बाढीपूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत सम्मरीमाई गाउँपालिका वडा नम्बर ३, ५,र ७ का सन्कटासन्न समुदाय स्तरमा कोभिड–१९, बाढी पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
(नमुना)का कार्यक्रम अधिकृत राजेश जि.सी.को अध्यक्षतामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विपद् शाखा प्रमुख कमल अर्याल, सूचना अधिकृत प्रमोद गौतम र नमुनाका सामाजिक परिचालक रामकेवल यादवले प्रशिक्षण दिएका थिए ।
छलफलमा कोभिड–१९ बाट कसरी सुरक्षित हुने एवं विपद, प्रकोप, संकटासन्नता, पुर्व सुचना प्रणालीका बारेमा सन्कटासन्न समुदायहरुलाई प्रशिक्षित गरिएको थियो । विपद् आउनुपूर्व समुदायस्तरमा के गर्ने, विपद् आइसकेपछिको भुमिका कस्तो हुने भन्ने बारेमा पनि बताइएको थियो ।
कार्यक्रममा वडा नम्बर १ देखि ३ का वडा अध्यक्षहरु, सदस्यहरु, महिला र पुरुष गरी ३८ जनाको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाअध्यक्ष बन्हु हरिजनले विपद्को बारेमा अहिलेको अवस्थामा जानकारीहरु संचारमाध्यममा आउने भएकोले समुदायहरुलाई यसका बारेमा जानकारी गराएर सुरक्षित हुन सकिने भन्दै सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने धारणा राखेका थिए ।
नमुनाका कार्यक्रम अधिकृत राजेश जि.सी.ले समुदायहरुद्धारा आ–आफ्नो समुदाय घरबस्ती, वडा कार्यालय, गाउँपालिकामा संजालमार्फत विपद् पुर्वतयारी र प्रतिकार्य योजनाका बारेमा समयसमयमा सरोकारवाला निकायमा जाने र दिर्घकालिन रुपमा यसको समाधान गर्नुपर्ने धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij