२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

रोहिणी गाउँपालिकाले भूकम्पप्रभावितलाई चारलाख बराबरको राहत सामग्री पठाउने

आइतवार , कार्तिक १९, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १९ कार्तिक ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाले भुकम्पप्रभावित क्षेत्रमा ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।

    आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापन कोषबाट ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति प्रमुख कल्पना खनालले बताइन् ।

    गत शुक्रबार राति ११ :४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा जनधनको क्षति भएको छ ।