
सोमवार , कार्तिक २०, २०८०
भैरहवा, २० कार्तिक ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित एनजी मार्केटले पर्व लक्षित ग्राहकहरुका लागि थप योजनासहित ‘लक्की ड्र’ योजना ल्याएको छ । दैनिक उपभोग्य वस्तु एउटै छानामुनीबाट उपलब्ध गराउने जमर्कोका साथ एकवर्ष अघि स्थापना भएको मार्केटले नियमित ग्राहकलाई लक्षित गरेर ल्याएको कुपनमा थप सहजता गर्दै भिजिटर ग्राहकलाई लक्षित गर्दै ५ हजारकै सामान खरिद गर्दा कुपन उपलब्ध गराउने भएको छ ।
५ हजार बराबरको लुगा कपडा किन्दा, ५ हजारको एउटै विलिङ रेष्टुरेण्टमा गर्दा र १० हजारसम्मको कुनै पनि वस्तु खरिद गर्दा ‘लक्की ड्र’ कुपनको व्यवस्थालाई यथावत राख्दै आगन्तुक ग्राहकहरुलाई ‘लक्की ड्र’ योजनामा समावेश गर्नका लागि कम्पनीले पर्वको अवसरमा ५ हजारको एउटै विलमा कुपनको व्यवस्था गरेको कम्पनीका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।
‘सुनौली भन्दा कम मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने दावीका साथ ग्राहकहरुका लागि ३ करोड बढीको उपहार योजना ल्याएका छौं । लक्की ड्र खुल्ने अवधिसम्म यी कुपन पाइने व्यवस्था रहेको र जसबाट एक हजार जनालाई उपहारको व्यवस्था रहेको छ, ’बन्जाडेले भने ।
दैनिक उपभोग्य वस्तु एउटै छानामुनीबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले भारतीय बजार भन्दा गुणस्तरीय र सस्तो उपलब्ध गराउँदै भव्य उद्घाटनको अवसरमा एकहजार नियमित ग्राहकलाई विभिन्न उपहार लक्की ड्र (गोलाप्रथा) मार्फत दिने जनाएको छ । मार्केटले यसअघि मंसिर ७ गते हरिबोधनी एकादशीको अवसर पारेर लक्की ड्र पारदर्शी तरिकाले खोलिने बताए पनि निर्माणको काममा ढिलाइ र आर्थिक मन्दीका कारण २०८१ को पहिलो दिन उत्सवको रुपमा उपहार योजना खोल्ने कम्पनीका अध्यक्ष बन्जाडेले भने ।
‘दैनिक उपभोग्य वस्तुका लागि भारतीय सीमावर्ती बजार जाने प्रवृतिलाई रोक्न, स्वास्थ्यलाई मध्यनजर गर्दै उपभोक्तामा गुणस्तरीय वस्तुको प्रयोगको सचेतना बढाउन मार्केटले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सेवा प्रदान गरिरहेको छ । जानी–नजानी हामीले गुणस्तरहीन वस्तुहरु उपभोग गरिरहेको अवस्था गुणस्तरको शतप्रतिशत ग्यारेण्टी र बजार (मार्केट) भन्दा कम मूल्य उपभोग्य वस्तुहरु कम्पनीले उपलब्ध गराउँदै आएको छ, ’अध्यक्ष बन्जाडेले भने ।
‘घरायसी लगायतका सबै सामानहरु विक्रीवितरण गर्दै आएको मार्केटमा खाद्यान्न, फर्निचर, विद्युतीय सामान, जुत्ता, चप्पल, गार्मेण्ट, शैलुन, बुटिक, रेष्टुरेण्ट, क्याफे लगायत वस्तुहरुको हजारौं संकलन रहेको छ । बजार र अन्य मार्केटको अध्ययन गरी मुल्य र गुणस्तरमा मार्केटले ध्यान दिँदै आएको छ । उपभोक्तालाई गुणस्तरीय र सस्तोमा समान उपलब्ध गराउन, यस क्षेत्रका उपभोक्ता सुनौली गई राज्यको पैसा बाहिरीने परिपाटीको न्यूनिकरण गर्न, स्थानीय बजारको प्रवर्धन गर्न मार्केटको मुख्य उद्देश्य रहेको छ, ’मार्केटका म्यानेजर दिपक भट्टराईले भने ।
‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास रहने हुँदा त्यसलाई चिर्नका लागि एकै छानामुनी सबै वस्तुको संगालो ‘सपिङ सेन्टर’को अवधारणा ल्याएको कम्पनीका सञ्चालक आवास बन्जाडेले भने । दैनिक करोडौ रकम नेपाली उपभोक्ताले सुनौलीमा खर्चेका छन, यसलाई रोक्न सके मात्रै राज्यको लाखौ रकम जोगिने र अहिलेको आर्थिक संकटमा सहयोगी बन्नेछ, ’संचालक बन्जाडेले भने ।
उनकाअनुसार उत्सवकै दिनमा लक्की ड्र पारदर्शी तरिकाले खोलिनेछ । जसको प्रथम पुरस्कारमा १० धुरमा बनेको अढाई तल्ला घर, दोस्रो पुरस्कारमा किया ब्रान्डको कार, तेस्रो पुरस्कारमा ३५० सिसीको बुलेट बाइक, र चौथो पुरस्कारमा भेस्पा स्कुटर एक–एक जनालाई रहेको छ ।
त्यस्तै १५ जनालाई एक टनको एसी, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई बासिंङ्ग मेसिन, २५ जनालाई ५५ इन्चको टिभी, १२५ जनालाई राइस कुकर र ८ सय १ जनालाई आइरन गरी एक हजार उपभोक्तालाई उपहार रहेको मार्केटले जनाएको छ ।
एनजी मार्केटसँगै कम्पनीले रियलस्टेट, पर्यटन व्यवसाय, हाउजीङ र पर्यटन व्यवसायमा लगानी गर्दै काम गर्दे आएको छ ।
कम्पनीले तिलोत्तमामा ११ विघा क्षेत्रफलमा प्लटिङ गरी १० धुर क्षेत्रफलमा २३ सय वर्ग फिटको घर १ करोड २५ लाख र १७ सय वर्ग फिटको घर ९९ लाखमा उपलब्ध गराउने योजनाका साथ बुकिङ खुला गरेको छ । उच्चस्तरीय निर्माण समाग्रीहरुबाट निर्मित भवन यस क्षेत्रकै सस्तो दरमा योजना ल्याएको कम्पनिको दावी छ । कम्पनीले छिट्टै नै गुणस्तरीय खाद्य वस्तुको वर्गीकरण गर्दै प्रशोधन र प्याकेजिङको उद्योग सुरुवात गर्न लागेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij