२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

नेकपाको आधिकारिकता दाबी गर्न प्रचण्ड–माधव पक्ष निर्वाचन आयोग जाने

सोमवार , माघ १९, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्न प्रचण्ड–माधव पक्ष निर्वाचन आयोग जाने भएको छ।

    आज बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी नै आधिकारिक रहेको दाबी गर्दै आयोग जाने निर्णय गरेको हो। 

    ‘आयोगले हाम्रो पार्टीको विधानअनुसार पदाधिकारी फेरबदल गर्न र अद्यावधिक गरेको आग्रहप्रति पुनः पत्रचार गरेको छ। हामी नै आधिकारिक भएकाले आधिकारिकताबारे दाबी गर्न आयोग जाने निर्णय भएको छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

    तर, उनले कहिले निर्वाचन आयोग जाने भन्ने विषय चाहिँ खुलाएनन्। पार्टीको बैठकले म्यानमारमा लोकतान्त्रिक व्यवस्थाविरुद्ध भएको घटनाको समेत निन्दा गरेको उनले बताए।

    म्यानमारको घटनालाई गम्भीरतापूर्वक नियाल्ने र आफूहरूको लोकतन्त्रप्रति मात्र समर्थन हुने निर्णय समेत भएको उनले बताए। बैठकमा दुई तिहाइ सदस्यको उपस्थिति रहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो।