images

बिहिवार, फाल्गुण १७ गते २०८०

एकजना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकेर भुकम्पपीडितलाई राहत दिलाऊँ : सुर्य थापा

एकजना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकेर भुकम्पपीडितलाई राहत दिलाऊँ : सुर्य थापा

images
images
images
बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • एकजना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकेर भुकम्पपीडितलाई राहत दिलाऊँ : सुर्य थापा

    काठमाडौं, २२ कार्तिक । 
    नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्य थापाले जाजरकोट र रुकुमका भुकम्पपीडितलाई राहत दिन एक एकजना मन्त्रीलाई ‘फोकल व्यक्ति’ को रुपमा तोकेर काम गर्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाएका, घाइते भएका तथा धनजनका क्षति भएका परिवारलाई राहात दिनका लागि ‘फोकल व्यक्ति’ तोकेर काम गर्न सुझाव दिएका हुन । उनले जाजरकोट भुकम्पमा अनावश्यक भिभिआइपी र भिआईपीको लस्करप्रति पनि असन्तुष्टी जनाएका छन् ।

    ‘जाजरकोट र पश्चिम रूकुममा भूकम्पको बहाना गरी अनावश्यक पर्यटन आवश्यक छैन, प्रभावित पालिकामा सर्वदलीय संयन्त्रको मार्गदर्शनमा उद्दार, राहत र पुनस्स्थापना कार्य अघि बढाउन आवश्यक स्रोत र जनशक्ति सरकारले व्यवस्था मिलाउनु अत्यावश्यक छ, उनको सुझाव छ, ‘संघीय र प्रदेश सरकारका एक/एक जना मन्त्री समन्वय मिलाउन त्यहाँ फोकल व्यक्तिका रूपमा तोकेर संघीय सांसद्, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरू र जिल्ला प्रशासनको जवाफदेही सहकार्यमा पीडित केन्द्रित, ठोस र आवश्यक कार्य गरिनुपर्छ, ओहदा केन्द्रित सवारी आवश्यक छैन ।’ 

    थापाले सुझाव दिदै अगाडी भनेका छन, ‘प्रचारमुखी स्टन्टबाजी र सजावटी देखावटी अभिनयले पीडितलाई खाना, नाना र छाना बन्दैनन् । २०७२ को भूकम्प र बाराको हावाहुरी पीडितका लागि सरकारले गरेको कामबाट सिकेर अघि बढ्नु जरूरी छ ।’‘केही दिन यता के काम भन्दा जाजरकोट जामजस्तो फजुल खर्च गरेर पीडितको नाममा राज्यकोष स्वाहा पार्ने कार्य उचित छैन, ’उनले भने ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij