२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

लुम्बिनी होटल संघले भूकम्पपीडितलाई पठायो राहत सामग्री

बुधवार , कार्तिक २२, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २२ कार्तिक ।
    जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राती गएको भूकम्पमा परेका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले लुम्बिनी होटल संघ, नेपालले राहत सामग्रही पठाएको छ ।

    लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीमार्फत भूकम्पपीडितलाई ७ बण्डल पीयू फोमसहित राहत सामग्री पठाइएको संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । मंगलबार नगर उपप्रमुख कल्पना हरिजनलाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको उनले बताए ।संघले यस अघि पनि विभिन्न प्राकृतिक प्रकोप तथा विपदमा सहयोग गर्दै आएको ज्ञवालीले बताए ।

    संघमा आबद्ध सदस्यहरुको सहयोगबाट भूकम्पपीडितसम्म राहत पुर्याउन सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको अधिवक्ता तथा कानूनी सल्लाहकार प्रख्यात बन्जाडेले बताए । 

    384567502_1521446788671566_2107951091176661892_n.jpg