images

शुक्रवार, बैशाख २१ गते २०८१

व्यवस्था बदलियो, अवस्था बदलिएन

व्यवस्था बदलियो, अवस्था बदलिएन

images
images
images
बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • व्यवस्था बदलियो, अवस्था बदलिएन

    व्यवस्था बदलियो, सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आयो, विभिन्न ट्रेण्ड बदलिए तर नेपाल र नेपाली जनताको अवस्था भने बदलिएन । हिजोभन्दा आज झनझन कहालीलाग्दो अवस्था देखिदैछ । अहिलेको अवस्थामा प्रत्येक नागरिकमा एकखालको दबाब र उकुसमुकुस देखिएको छ । उद्योग व्यवसाय आर्थिक मन्दीले पिल्सिएका छन् । उद्योग तथा कलकारखानाहरु धमाधम बन्द भइरहेका छन् । त्यहाँ कार्यरत कामदारहरुको रोजगारी पनि गुमिरहेको छ । जसका कारण उनीहरुको दैनिकी कष्टपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा राज्यले बौद्धिक र आर्थिक नीति अवलम्बन गरी उचित कदम चालेर अर्थ व्यवस्थालाई चलायमान बनाई उद्योग धन्दाहरु सहज तरिकाले सञ्चालन गर्ने वातावरण सिर्जना गर्न जरुरी छ । यदि यसो गर्नबाट सरकारपछि प¥यो भने देशमा भोकमरी आउन सक्छ । देशमा रहेका युवा अहिले धमाधम रुपमा विदेश पलायन भइरहेका छन् । यही रफ्तार रहे देश रित्तो हुन बेर लाग्दैन् । यसको ज्वलन्त उदाहरण हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सयौंको संख्यामा विदेश जाने युवायुतीको लाइन ।

    images
    images
    images

    एक समय यस्तो थियो, नेपाली युवाहरु इण्डियन लाहुरे, ब्रिटिस लाहुरे, सिंगापुर लाहुरे हुन् । त्यसपछि जो लाहुरे हुनको लागि अयोग्य र त्यहाँसम्म पहुँच नहुनेहरु भारतमा विभिन्न सिभिल वर्क जस्तै एक सुरक्षा गार्ड, हेल्पर आदिको काम गरेर नेपालमा पैसा पठाउने र घर परिवारको आवश्यकता पूरा गर्ने गर्दथ्यो । त्यो समयमा लहर नै चलेको थियो । नेपालका युवाहरू भारतमा जानी लहर नै चल्यो । भारतमा गएका ती व्यक्तिका कारण देशको अर्थ व्यवस्था धान्न केही हदसम्म सहयोग पु¥याएको थियो ।

    त्यतिबेला अहिले जस्तो यातायात, टेलिफोन र मोबाइलको सहज विकास भएको थिएन । आफ्ना परिवार र आफन्तसँग संवाद र समाचार आदानप्रदान गर्न हुलाकमार्फत चिठ्ठी आदान प्रदान गर्ने गरिन्थ्यो । खबर, सन्चो विसन्चो पाउन पनि महिनौ कुर्नुपर्ने हुन्थ्यो ।

    नेपालमा बहुदलीय प्रजातन्त्र आएपछिविभिन्न देशहरुसँग श्रम सम्झौताहरू भए । त्यसपश्चात नेपालबाट विभिन्न खाडी मुलुकमा जस्तो मलेसिया, साउदी अरब, कतार आदि जस्ता देशहरूमा नेपालबाट श्रमिकहरु लैजान थालियो । सुरुमा भारतमा कमाउन जाने लहर त्यसपछि विस्तारै खाडी मुलुकतिर मोडिन थाल्यो । विदेश जाने मोह बढ्न थाल्यो । किनभने भारतमा काम गर्न जाँदा महिनाको पाँचहजार कमाइ हुनेगथ्र्यो भने खाडी मुलुकमा कम्पनीअनुसार २० देखि ५० हजारसम्म कमाउन थाले । सुरुमा भारतमा कमाउने जाने व्यक्ति चाडपर्वको बेलामा गाउँमा आउँदा लाहुरे आयो भनेर मानसम्मान गर्ने गर्दथे । पछि खाडी मुलुकमा पनि संख्या बढ्दै जाँदा खाडी जानेको कमाइधेरै देखिन थाल्यो । विदेशमा राम्रो कमाइहुन थालेपछि प्राय युवाहरु खाडीतिर जाने प्रयत्न गर्न थाले । कसैको राम्रो भयो भने कोहीे दलालको जालमा परि घरबास नै उठेको म स्वयंले पनि देखेको अनुभव छ । यसरी विदेश गएपछि कमाइराम्रो हुन थालेपछि पहाडबाट विभिन्न शहर र तराईमा बसाईसराइ गर्ने क्रमले तीव्र रूप लिन थाल्यो । त्यसै गरी सञ्चार क्षेत्रले पनि फड्को मा¥यो । टेलिफोन, मोबाइल र ल्यापटपको विकासले क्रान्ति नै ग¥यो । जसरी पहिले भारतमा कमाउन जानेलाई लाहुरे भनेर इज्जत गरे, पछि गएर भारत जानेलाई तोरी लाउरेको उपनाम दिएर खिसीटिउरी गर्न थाले भने खाडी जानेलाई गाउँघरमा विदेशी लाहुरे भनेर स्वागत गर्दा । त्यसपछि समय बदलिदै जाँदा मानिसहरू जापान, कोरिया, यूरोप अमेरिका जान थाले । त्यहाँ झन राम्रो कमाई हुने ठाउँमा गएपछि जीवनस्तर यसरी बदलियो कि गाँउ घरका घरवस्ती खाली भए, खेतीपाती लगाउन छाडे र गाउँ घर उजाडियो । 
    मान्छेहरु अलिअलि धन हुनेहरु शहर पसे, जग्गा किनेर घर बनाए, त्यससँगै तराईका खेतीयोग्य जमिनहरू घडेरी र प्लटिङमा परिणत भए । यति बेलासम्म प्राय पहाडी क्षेत्रका युवाहरू विदेशिने लहर थियो भने शहर र तराईतिर विदेश जानुभन्दा स्वदेशकै जागिर र व्यवसाय सञ्चालनतर्फ नै व्यस्त देखिन्थे ।

    तर, अहिलेको परिस्थतिले अर्को मोड लिएको छ । सकेसम्म देशका युवा विद्यार्थी, शिक्षक व्यवसायी सबै विदेशिने खतरा बढ्दै छ । चारैतिर आर्थिक मन्दीले अर्थतन्त्रमा चलायमान हुन सकेको छैन । हरेक व्यक्तिले स्वदेशमा भविष्य देख्न छोडिसके । सबैजसो युवामा नैराश्यता छाएको अनुभुति गर्न सकिन्छ । 
    यस्तो किन भयो त ?

    यो सबै देशको बागडोर सम्हालेका राजनैतिक दल र नेताहरुबाट भएको हो । किनभने हालको घटना क्रमले जनताले महसुस गरिसके जस्तै सुन काण्ड, ललिता निवास प्रकरण, भुटानी शरणार्थी जस्ता काण्डैकाण्डले जनता आजित भएर पलायनको बाटो रोेजेको अनुभव गर्न सकिन्छ । अझ डरलाग्दो अवस्था के छ भने अहिले कक्षा १२ उत्तीर्ण गरिसकेपछि हरेक विद्यार्थी अमेरिका, क्यानडा, युके, जापान तथा युरोपियन मुलुक जानका लागि कन्सल्टेन्सी जानका लागि थेग्न नसकिने भिडले ।

    स्नातक र स्नातकोत्तर पढाइहुने क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीहरु विद्यार्थी भिसामा जानका लागि लाखौं लाख रुपैयाँ खर्चेर जाँदा मुलुकको अर्थतन्त्र झन बढी नाजुक बन्ने खतरा बढेर गएको छ ।

    अर्को दृश्य के छ भने नेपालबाट कामदार भिसामा जानेहरुले कमाएको रकम स्वदेशमा पठाउँछन् भने विद्यार्थी भिसामा जानेहरुले जाँदा पनि विद्यार्थी भिसामा धेरै रकम लिएर जानुपर्ने र विदेश गएपछि आफ्नो खर्चसमेत पु¥याउन गाह्रो पर्ने हुनाले पैसा पठाउन सक्दैनन् । अधिकांशले पीआर पाइसकेपछि विदेशमा नै बस्ने मनसाय बनाएर उतै बसोबास गर्ने गर्दछन् । 
    त्यसकारणअहिले दिनहुँजसो हजारौको संख्यामा नेपाली युवायुवती विदेशिएको तथ्यांकबाट देखिन्छ । यो देशको निम्ति पक्कै पनि सकारात्मक संकेत होइन ।

    यसलाई सरकारले अविलम्ब रोक्ने माहोल बनाउनुपर्छ । अब देशले काँचुली फेर्नको लागि अर्थतन्त्र र अर्थव्यवस्थामा सुधार ल्याउनका लागि युवाले देशको बागडोर सम्हाल्नुपर्छ । युवाको हातमा सत्ता आउनको लागि पुरानो पुस्तालाई नेतृत्वबाट विदाई गर्नुपर्ने देखिन्छ । त्यसपछि मात्र देश प्रगतिपथतर्फ लम्किन सक्छ । जसरी आजभन्दा २०/२५ वर्ष अगाडि दक्षिण कोरियाका जनताहरु विकसित मुलुकमा गइ काम गर्ने गरे पनि पछि देशको नीति कार्यक्रममा सुधार ल्याउँदै गएपछि अहिले दक्षिण कोरिया विकसित मुलुकहरुको सूचीमा देखिएको छ । अहिले दक्षिण कोरियामा लाखौ नेपालीहरु कामदार भिसामा रोजगारका लागि जाने गर्दछन् ।

    अब नेपालमा पनि राम्रा नीति तथा कार्यक्रमलाई अंगाल्दै मुलुकमा उद्योग, कलकारखाना सञ्चालन गरी रोजगारीका लागि विदेशिएका युवाहरुका लागि स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्छ । नेपाल विश्वको विकसित मुलुकको सूचांकमा देख्ने सम्पूर्ण नेपालीको चाहना छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij