
सोमवार , माघ १९, २०७७
काठमाडौं, १९ माघ ।
प्रधानमन्त्री केपी ओलीद्धारा गरिएको प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले आज देशभर विरोध प्रदर्शन गरेका छन् । काँग्रेसका १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै आज एकसाथ विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
प्रम ओलीले गरेको प्रतिनिधिसभा विघटन स्वेच्छाचारी र सर्वसत्तावाद उन्मुख कदम भएको, भ्रष्टाचार बढेको, कोभिड विरुद्धको संघर्षमा सरकारको अकर्मण्यता देखिएको र जनसरोकारका विषयमा सरकार उदासिन भएको भन्दै नेपाल विद्यार्थी, संघ, नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका संगठनहरुले देशैभर विरोध सभा र कार्यक्रमहरुको आयोजना गरिएको पार्टीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij