२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

१ हजार रुपैयाँले घट्यो सुनको मूल्य

बिहिवार , कार्तिक २३, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २३ कात्तिक । नेपाली बजारमाम बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    साथै तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।