images

सोमवार, बैशाख २४ गते २०८१

संसद विघटन मुद्दामा सर्वोच्च अदालतले न्याय गर्नुपर्छ : बालकृष्ण खांण

संसद विघटन मुद्दामा सर्वोच्च अदालतले न्याय गर्नुपर्छ : बालकृष्ण खांण

images
images
images
सोमवार, माघ १९ २०७७
सोमवार, माघ १९ २०७७
  • संसद विघटन मुद्दामा सर्वोच्च अदालतले न्याय गर्नुपर्छ : बालकृष्ण खांण

    भैरहवा, १९ माघ ।
    नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले संविधानसम्मत न्याय गर्नुपर्ने बताएका छन् । कांग्रेसका भातृ संगठनहरुले सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भलवारीमा गरेको विरोधसभालाई सम्बोधन गर्दै पुर्व रक्षामन्त्री समेत रहेका नेता खांणले संविधानमा व्यवस्था गरे भन्दा बाहिर गएर निर्णय गरिए त्यसलाई नेपाली जनताले कदापी स्वीकार नगर्ने बताए । अदालतले गरेका कतिपय निर्णयलाई विगतमा जनताले अस्वीकार गरेका दृष्टान्त प्रस्तुत गर्दै नेता खांणले संविधानलाई चुनौती दिएर गरिने निर्णयलाइ जनताले शिर निहुँर्याएर लुरुलुरु स्वीकार गर्छन भन्ने भ्रममा नपर्न आग्रह गरे ।

    images
    images
    images

    ‘अदालतसंग मेरो आग्रह संगसगै चुनौती छ, संविधानमा जे प्रावधान छ त्यो भन्दा बाहिर गएर निर्णय गर्नुभयो भने त्यो अनुचित निर्णयलाई जनताले स्वीकार्ने छैनन् । त्यो नेपालको न्यायीक इतिहासका लागि कलकिंत निर्णय कहलिने छ’ नेता खांणले भने । साधारण नागरिकले समेत ओलीले संविधान मिचेको जानकारी राखेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीको छांया नबन्न आग्रह गरे ।

    संसद विघटन सम्बन्धी प्रस्ताव पास गर्दा राष्ट्रपतिले टेकेको भनिएको धारामा संसद विघटनको कुनै प्रावधान नभएको दावी उनले दोहोर्याए । संविधानका कुनै धारा, दफा, उपदफा नै उल्लेख नगरी प्रम ओलीले सनकको भरमा संसद विघटन गरेको उनले बताए । संविधान रक्षाका लागि कांग्रेसले आफनो जीवन बलिदान दिन तयार रहेको भन्दै उनले कम्युनिष्टहरुले संविधान र लोकतन्त्र नमान्ने दावी गरे । 

    सर्वसत्तावाद लाद्न ओलीले संविधान कुल्चेर प्रतिनिधिसभाको हत्या गरेको आरोप लगाए । प्रतिगमनविरुद्ध कांग्रेस सडकमा निस्केपछि त्यसलाइ परास्त नगर्दा सम्म घर नफर्केको भन्दै उनले राणा, राजा जस्तै अब हुत्तिने पालो ओलीको आएको बताए । 
    कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य बद्रि पाण्डेले ओलीले आफैलाई राजा सम्झेर नारायणहिटीको अगाडीबाट जनतालाई हुँकार दिन खोजेको बताए। ७० करोडको घुसका लागि बार्गेनिङ गर्ने गोकुल बास्कोटा, सरकारी जग्गा हडपेका विष्णु पौडेल जस्ता व्यक्तिहरुको छत्रछायामा हिड्ने ओली इतिहासकै निरंकुश प्रधानमन्त्री भनेर कहलिने दावी गरे ।

    लोकतान्त्रिक गणतन्त्रका विरोधी ओलीले संविधान मासेर गर्छु भनेको चुनाव नाटक मात्रै भएको उनले टिप्पणी गरे । ‘हामी चुनावसंग डराउँदैनौ निर्वाचनमा जान्छौं र जित्छौं पनि तर संविधान बिपरित जादैनौ’ नेता पाण्डेले भने । संसद पुनस्र्थापना गरेर संविधानसम्मत ढंगबाटै निर्वाचनमा जाने दावी नेता पाण्डेले गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता भरत कुमार शाहले तानाशाहको सबैभन्दा ठुलो दुश्मन जनप्रतिनिधिसभा भएकाले ओलीले पनि लोकतन्त्र भत्काउन संसद माथि आक्रमण गरेको बताए । अदालतप्रति विश्वास व्यक्त गर्दै उनले अदालतले न्यायीक फैसला दिन नसके सडकबाटै संसद पुनस्र्थापना गरी निर्वाचनमा जाने बताए । 

    कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, महिला संघका सभापति गंगा शाही, नेपाल विद्यार्थी संघका केन्द्रिय उपसभापति मुक्तिराज पौडेल, नेपाल तरुण दलका रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङ, सन्तराम चौधरी, मिलन थापा, बुद्धिराम हरिजन, खगेश्वर पुन, रमेश शाही लगायतका युवा नेताहरुले कांग्रेसले अहिले गरेको आन्दोलन खबरदारी मात्रै भएको भन्दै संविधानविपरीतको कदम नसच्चिए आन्दोनलको आधींवेरी ल्याउने चेतावनी दिए ।

    नेपाली कांग्रेसका भातृ संगठनहरुले सोमबार रुपन्देहीको भलवारीमा संसद विघटनविरुद्ध प्रदर्शन तथा विरोध सभा गरे । नेपाल महिला संघ, तरुण दल, नेविसंघ, दलित संघ, भुपू सैनिक संघ, किसान संघ, आदिवासी जनजाति संघ, मुस्लिम संघ, थारु संघ, सेनानी संघ, अपांग संघ, सांस्कृतिक संघले संयुक्त रुपमा गरेको विरोधसभा अघि मंगलापुरबाट विरोध र्याली निकालेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij