२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

एफइसी सहकारीद्वारा स्वर्गीय पदम श्रेष्ठको परिवारलाई राहत प्रदान

शुक्रवार , कार्तिक २४, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • तिलोत्तमा, २४ कार्तिक ।
    एफइसी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य पदम श्रेष्ठको निधन भएकोमा उनको परिवारलाई राहत प्रदान गरेको छ । एफईसी धनकोस साकोस रूपन्देही तिनपा ९ अन्तर्गत गुल्मी रूरू गाउँपालिकाको बलेटक्सारमा रहेको सहयोगी सेवा केन्द्रका सक्रिय सदस्य श्रेष्ठको केही दिनअघि निधन भएको थियो । 

    उनको निधनमा श्रदाञ्जली दिन र परिवारलाई समवेदना व्यक्त गर्न गुल्मीको टाहटिम पुगेको सहकारीको टोलीले श्रेष्ठ परिवारलाई राहत रकम प्रदान गरेको हो ।

    सहकारीका अध्यक्ष तारानाथ कंडेलले राहतस्वरुप रु. १ लाख १५ हजार रुपैयाँको चेक श्रेष्ठ परिवारलाई हस्तान्तरण गरेका हुन् । परिवारमा समवेदनासहित राहत प्रदान गर्न सहकारीका अध्यक्ष कंडेलसहित सञ्चालक सदस्य बेदप्रसाद कंडेल, हरिप्रसाद कंडेल, कमल श्रेष्ठ र अन्य शेयर सदस्यका साथै वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवाली गुल्मी पुगेका थिए । 

    सहकारीले एक कार्यक्रमकाबीच स्वर्गीय श्रेष्ठको परिवारलाई राहत प्रदान गरेको सहयोगी सेवा केन्द्रका कर्मचारी नेत्र ज्ञवालीले बताए।