२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

रुपन्देहीमा भन्सार छलेर ल्याइएको ५२ कार्टुन चकलेट तथा मिठाई बरामद

आइतवार , कार्तिक २६, २०८०

भैरहवा, २६ कार्तिक ।
रुपन्देहीमा भन्सार छलेर ल्याइएको अवैध ५२ कार्टुन चकलेट तथा मिठाई बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ६ बजे ओमसतिया–६ स्थित बालापुरबाट उक्त सामान बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा अन्दाजी १ लाख ९० हजार ८ सय मूल्य रुपैयाँ बराबरको चकलेट तथा मिठाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।