२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राप्रपा सिद्धार्थनगर–६ को अधिवेशन सम्पन्न

मंगलवार , माघ २०, २०७७

भैरहवा, २० माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को भेला तथा अधिवेशन सोमबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले दुधनाथ जैसवालको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पूर्णवासी गुप्ता, सचिवमा दिलिप कुमार मल्लिक, कोषाध्यक्षमा ममता चौधरी र सह–सचिवमा विज्रेश यादव रहेका छन् । त्यस्तै सदस्यहरुमा इकवाल अहमद वारसी, शम्भु मल्लाह, साजन कान्दु, सिद्धिक मुसलमान, त्रिलोकी धवल, मोहम्मद वसिम, तुल्सी साहनी क्षेत्री, पवन शर्मा, मोहम्मद रईस फारुकी, गुजराति मल्लाह, फेकु कुमार, विष्णु बढई, सिला वनिया, पवन शर्मा, प्रेम मल्लाह, निरञ्जन थापा, सकिल अहमद र विजय प्रसाद बढई रहेका छन् ।

राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता, पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पूर्वमन्त्री तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य निरञ्जन थापा, केन्द्रीय कार्यसम्पादन समिति सदस्यद्वय कैलाश गुरुङ, ताहिर अलीको विशिष्ट आतिथ्यता तथा केन्द्रीय सदस्य बसन्त विक्रम शाही, सुमन राणा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सिद्धार्थनगर अध्यक्ष राजेश ढकालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा युवा नेताहरु बलराम शर्मा, ई. चन्द्रभक्त श्रेष्ठ, दिपक पाण्डे, नारायण उपाध्याय, अर्जुन थापा, इकवाल वारसी, शंकर श्रेष्ठ, विश्व प्रकाश श्रेष्ठ, सौरभ राजभण्डारी, नारायण पन्थी, विरेन्द्र ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजसेवी तथा अधिवक्ता दिलिप कुमार मल्लिक एवं उद्योगी तथा व्यवसायी पूर्णवासी गुप्ता राप्रपामा प्रवेश गर्नुभएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।