images

आइतवार, बैशाख १६ गते २०८१

तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

images
images
images
आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

    तिलोत्तमा । तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सवको मञ्चको ठिक अगाडि गुल्मीका ७८ वर्षीय वृद्ध लेखनाथ ज्ञवाली  घाममा बसेका छन् ।

    images

    उनको वरिपरि दुई वटा गोरु घुमिरहेका छन् । ज्ञवाली कोलमा उखु हाल्दै बसेका छन भने अर्घाखाँचीका बिष्णु अर्यालले गोरु खेदिरहेका छन् । यो दृश्यले मेला अवलोकनका लागि आएका धेरै दर्शकको ध्यान आकर्षित गराएको छ ।

    तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा तिलोत्तमाको मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८० मा परम्परागत उखु कोल र रसेटोले दर्शकको ध्यान तानेको हो । 

    हिपत (हिमाल पहाड तराइ) फुड प्रोडक्सनले परम्परागत उखु कोल र खुदो पकाउने रसेटो नयाँ पुस्तालाइ देखाउने उद्देश्यले मेलामा राखेको हो । यो स्टलमा  रसेटोमा तताई राखेको तातोखुदो खान आउनेको संख्या बढिरहेको सञ्चालक हरिप्रसाद अधिकारीले बताए ।

    बिदेशको बसाइ त्यागेर स्वदेशमै हिपत उद्योग संचालन गरेका अधिकारीले पुरानो प्रविधिका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले उखु पेल्ने कोल, हलमा नारिएका गोरु र खुदो तताउने रसेटो सहितको स्टल मेलामा राखिएको र यसले मेलामा आउने नयाँ पुराना पुस्ताको ध्यान केन्द्रित गरेको उनले बताए ।

    “सबल अर्थतन्त्रको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मुल नाराका साथ सञ्चालन भएको मेलामा कृषिलाई विशेष प्राथमिकता राखेको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भन्डारी (माधव)ले बताए ।

    मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।

    मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले बताए ।

    प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।

    मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका स्टलहरू रहेका छन् ।

    आईतबार हेमन्त शर्मा, दिपक दर्लामी मगर, घनश्याम रिजाल, रेनु राना मगर, निर्मला गुरुङ, लालमाया थापा, राज केसीलगायतका कलाकारको प्रस्तुति रहेको सास्कृतिक समिति संयोजक धन बहादुर गुरुङले जानकारी गराए ।

    सोमबार र्यापर ओफिम, गायिका राधिका हमाल, शिलु भट्टराई, हास्यकलाकार दिनेस काफ्ले, गायक दामोदर बस्याल, गायिका ब्युटि रसाल, विन्दु थापा लगायतको प्रस्तुति रहने संघका कार्यालय प्रमुख लोकनाथ खनालले वताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij