images

सोमवार, बैशाख १७ गते २०८१

मनोविमर्शको बुटीःब्युँझिएको सास

मनोविमर्शको बुटीःब्युँझिएको सास

images
images
images
मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • मनोविमर्शको बुटीःब्युँझिएको सास

    साहित्य समाजको लागि प्रकाश हो । जहिले पनि समाजमा सकारात्मकताको सन्देश वहन गर्नु साहित्यको धर्म हो । साहित्य साहित्यकार वा लेखकको लागि मात्रै होइन यो पाठकको लागि हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पछिल्लो समयमा विभिन्न साहित्यिक रचनाहरु प्रकाशन हुँदै आइरहेका छन् ।

    images

    नेपाली गद्य साहित्यमा विशेषगरी प्रयोगवादी युग पश्चात विशेषतः २०३६ सालपछिका समसामयिक धाराका लेखक तथा साहित्यकारहरु समाज, मानव, मानव र समाजको सम्वन्धका साथै सामाजिक परिवेश जसले मानव मस्तिस्कमा पार्ने प्रभावका विषयमा आधारित रहेर कलम चलाएको देखिन्छ । कथा, उपन्यास तथा अन्य साहित्यिक सचनाहरुले व्यक्ति तथा समाज र समुदायमा सकारात्मक उर्जा भर्नु जरुरि हुन्छ । साहित्यले समाजमा आशा, भरोसा र उत्साह भर्न सक्नु पर्दछ । समाजको विसङ्गति र निस्साहरतालाई चिर्दै अस्तित्व रक्षाका निम्ति र मानव जीवन सार्थक रुपमा वाच्ने प्रेरण प्रदान गर्न सक्नु आधुनिक साहित्यिक कृतिको उपलब्धिको रुपमा लिन सकिन्छ  ।

    उपन्यासकार अनुशा हुमागाईँद्वारा लिखित उपन्यास व्युँझिएको सास पछिल्लो साहित्यिक कृतिमध्ये प्रेरक साहित्यले भरिपूर्ण मानव जीवनको मूल्य स्थापित गर्न प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मनोविमर्शको अचुक औषधीको रुपमा लिपिवद्ध गरिएको छ । ३ वसाई लगभग १० घण्टा पढ्दा सकिने उपन्यास व्युँझिएको सास मध्यभाग सम्मको लेखाई भोगाई र कथाको सिलसिला निकै मार्मिक वियोगान्त र कारुणिक छ । वेलावेलामा मुटु नै गाँठो पर्ने विषयवस्तु ले उपन्यासलाई गाम्भीर्यता थपेको छ  । दाजु सीमान्तले मनो परामर्शको लागि वहिनी सामनालाई मनोपरामर्शदाता निभा को मा लगेको प्रसङ्गवाट कथावस्तुको शुरुवात हुन्छ । निभा जसको कोठा जहाँ जताततै सेता वस्तु सेतै कप सेता बुद्धका तस्वीर जसलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको छ  ।

    सरसर्ती अध्ययन गर्दै जाँदा कथावस्तुलाई दुई भागमा विभाजन गरेर अध्ययन गर्न सकिने गरी सुगठित गरिएको छ । शुरुको खण्डमा अभाव, निराशा, बेचैनी, हिंसा, अत्याचार, यातना, जसलाई चुपचाप सहेर वस्नुपर्ने वाध्यता र सवैतिर अन्धकारै अन्धकारको रुपमा कथालाई प्रस्तुत गरिएको छ भने अर्कोतिर जीवन सफलता आशा आफैमा छ । अन्धकारको कालो वादल भित्र चाँदीको घेरा वनेर आशा र सफलताको उज्यालोले चिहाइरहेको छ  । र त्यो अन्यत्र कहीँ कतै होइन त्यो आफैभित्र छ । जे छ म मा नै छ म मा भएको त्यो क्षमतालाई वाहिर ल्याउनै पर्छ सवै अँध्यारा काला वादलहरु पन्छाउँदै आशाको दियो वाल्न म नै वलियो भएर दियो वाल्नुपर्छ भन्ने सकारात्मकता र उत्सुकता र सफलता सहित कथावस्तुको अन्त्य भएको छ ।

    अस्पताल पुर्याउन नपाएर आफू जन्मेपश्चात आफ्नो आमाको मृत्यु हुन्छ  तत्पश्चात हजुरआमा र मामासँगै मामाघरमा हुर्किएकी निभा कथाको प्रमुख पात्र हुन उनकै केन्द्रीयतामा उपन्यास अगाडि वढेको छ  । निभा जसको आमाको मृत्युपश्चात मावली र घरका सदस्यहरु वीचमा भएको मनमुटाव जसको कारणले गर्दा सानो उमेरमा मामाघर वस्ने अवस्था, सानो छदाँ मामाघरमा हजुरआमाको माया स्नेहका साथ हुर्कदैँ गरेकी निभा सुकोमल, सुन्दर र अध्ययनमा समेत तिक्ष्ण छिन् । विस्तारै विस्तारै उमेर वढ्दै जाँदा घर र मावली पट्टीका परिवारवीच सम्पर्क विस्तार हुँदै जान्छ साथै हजुरआमा  विमारी पर्दै गएपछि मावलीवाट घर अर्थात काठमाण्डौ बुवा रेशमसँग पठाउने निर्णयले निभाको जीवनमा एउटो ठूलो विपत्तिको आगमन त्यहीवाट शुरु हुन्छ । मावली घरमा सवैकी प्यारी गुलावकी फूलजस्ती निभा जव बुबा रेशमसँग काठमाण्डौ आउँछिन राम्रो स्कुलमा भर्ना हुन्छिन ।

    केहिदिन काठमाण्डौको वातावरण नयाँ विद्यालयमा घुलमिलको राम्रै वातावरणमा दिनहरु वढ्दै गइरहेका थिए । त्यतिकैमा निभाको जीवनमा कहिल्यै नसोचेको वज्रपात आइलाग्छ । ११–१२ वर्षको कलकलाउँदो उमेर मातृस्नेहको अनुभव समेत गर्न नपाएकी निभा आफ्नो सवैभन्दा नजिकको र आफूलाई सवैभन्दा धेरै मायाँ गरेजस्तै गर्ने आफ्नै बाउवाटै पटकपटक बलत्कृत हुन पुग्छिन । कुटाई र वाहिर भनेमा मार्ने धम्कीको कारणले कही केही वोल्न नसक्ने अवोध निभा आफ्नो पीडा र आफूमाथि भएको यातना आफ्नो फूपुको छोरी दिदी रेश्मालाई सुनाउँदा समेत कुनै सहयोग साहनुभूति समेत नहुँदा जीवन झन अन्धकारमय र नारकीय वन्दै गइरहेको हुन्छ  ।

    पटकपटकको लुछाई, कलिलो शरीर मानसिक तनाव शारीरिक यातना पढाइको दवाव दिनप्रितिदिन विग्रदैँ गएको स्वास्थ्यले निभालाई पटक पटक आत्महत्याको वाटोमा डोहोर्याउँछ । घरमा हुने पीडा यातना र कष्टप्रद जीवनवाट मुक्ति पाउने  आफ्नो एकमात्र आशा र भरोसा सवैभन्दा प्यारी हजुरआमाको मृत्यु हुनु शारीरिक पीडा भन्दा ठूलो बज्रपात उनको जीवनमा आइलाग्छ । कलिलो उमेर घरभित्रैको हिंसा साहाराविहीन जीवन जसले गर्दा पागलजस्तै भएकी निभा आफूमा परेको पीडा र आफूले भोगोको यातना र हिंसावाट मुक्त हुन आफ्नो वाल्यकालको सुन्दर जीवन विताएको घर मामाघर जान्छिन जेठी माइजुसँग सवै पीडाहरु यातनाहरु सुनाउँदै गर्दा मामाहरुवाट आफ्नो इजत जाने भएकोले यस्ता कुराहरु कहिल्यै वाहिर ल्याउनु राम्रो हुँदैन भन्दै उल्टै निभालाई नै दोषी देखाउने जस्ता घटनाले निभाको जीवन वाच्नु भनेको भौतिक शरीरको उपस्थिति मात्रै हो त ? भन्ने विषयलाई उपन्यासमा सचेतताका साथ उठाइएको छ । मावलवाट समेत बेसाहरा भएर घर फकिएपछि क्रुर र आततायी घटनाको शृङ्खला वढ्दै जान्छ एकदिन ट्युसनवाट ढिला गरी आएको र केटासँग सँगै आएको भन्ने निहुँमा बाबु रेशमले मरणासन्न हुने गरी कुटपिट गर्छ आफूले चुरोट तान्दै चुरोटका ठुलेले शरीरभरी पोल्दै क्रुर यातना दिन्छ र रातभरी बलात्कार गरी वेहोसी वनाएर कोठावाट निस्कन्छ । भुइमा लडिरहेको प्राणमात्रै वचेको शिथील शरीर घरवाट मर्न भनी रातको समयमा विहिर जान्छिन तर वाटोमै ढलेको शरीर कसैले भेटेर अस्पतालमा पुर्याए  पश्चात निभाको जीवनको कष्टपूर्ण र कहालिलाग्दो अवस्थाको चरम उत्कर्षमा पुगेको उल्लेख गरिएको छ ।

    उपन्यासमा हिंसा, पीडा, र यातनाको चरमोत्कर्षमा पुगेको खण्डलाई उनको जीवनको अन्धकारमय र गन्तव्यहीन अवस्थामा पुगेको देखाइएको छ । जव अस्पतालको श्यैयामा उपचार शुरु हुन्छ अचेत अवस्थाकि निभामा जव होस खुल्छ उनको आफ्नो विगतको सवै वेलिविस्तार अस्पतालको डक्टर र नर्सलाई सुनाउँछिन त्यसदिन देखि उनको जीवनमा कालो वादलको भित्र चाँदीको घेरा जस्तै वनेर नयाँ जीवनको शुरुवातको ढोका खुल्दछ । उनको सवै अवस्था बुझेपछि डाक्टरवाट प्रहरीलाई खवर हुन्छ भने रेशमलाई प्रहरीले पक्रउ गरी अदालती प्रक्रियामार्फत केही समयको लागि जेल जान्छ । निभाको शारीरिक पीडा त अस्पतालको उपचार पश्चात निको हुन्छ तर मानसिक र सामाजिक पीडा, भोगाई र तिरस्कार जीवनवाट हटाउने संघर्ष र आफ्नो जीवनको नयाँ गन्तव्य पहिल्याउने दोस्रो सङ्घर्ष शुरु हुन्छ । । कान्छामामा माइजु सँगै वस्दै आफ्नो जीवनलाई सहजताका साथ जीउने प्रयत्न गररिहेकी निभा अध्ययन र सामाजिकरण साथीभाई संग घुलमिल नयाँ वातावरणमा समायोजन निकै कष्टप्रद ढङ्गवाट सम्हाल्दै दिनहरु  वितिरहेका हुन्छन् ।

    पाण्डुजस्ता साथीको साथ संवाद जस्ता प्रेमिको स्नेह कान्छो मामाको अभिभावकत्वको कारणले मर्न भनेर पटकपटकको प्रयास असफल भई नयाँ जीवनको शुरुवात हुन्छ विभिन्न हण्डर ठक्कर घृण हिंसा भोगाई पश्चात निभा आफै दुःख र कष्टको पाठशाला वनेर आएकी छन । अन्तमा सवैको साथ सहयोग स्नेह ममता र अन्तमा आफ्नै अन्तरहृदयले भन्छ । जीन्दगी कहिल्यै सोझो र सरल वाटोमा हिडेको हुँदैन जीवनमा अनेकौँ दुःख पीडा जटिलता समस्या सवै आउँछन ती सवै भोग्नै पर्छ । ती समस्यावाट भागेर वा आत्महत्या गरेर समस्याको समाधान हुँदैन । मरेर शरीर मेटिन्छ तर दुःख मेटिदैंन जीवन र मृत्यु दुवै अर्थहीन वनाएर मर्नु कायरता हो ।  जीवनलाई सक्दो अर्थपूर्ण वनाउनै पर्छ अरुका लागि नभएपनि आफ्नो लागि । भनेझैँ निभाको जीवनमा पनि हरेक दुःख र पीडावाट उन्मुक्ती पाउँदै आफैलाई बलियो वनाउँदै जान्छिन कलेजको पढाई विस्तारै सुधार हुँदै जान्छ चौथो वर्षमा कलेजमा प्रथम हुन पुग्छिन साथै सामाजिक वन्धन तोड्दै संवाद संग विवाह गर्दै आफ्नै मनोपरामर्श केन्द्र स्थापना गर्दै परामर्शदाताको रुपमा सेवा दिन शुरु गर्छिन यसरी कथावस्तु सुखान्तमा टुङ्गिएको छ  ।

    यसरी एउटा उजाडिएको निमोठिएको जताततै अन्धकारमय जीवन भोगेको पात्र कसरी उज्यालो हराभरा र काँडैकाँडाको वीचमा जताततै फुलैफुलको सुगन्ध छर्न सकिदो रहेछ भन्ने सकारात्मक सन्देश उपन्यासले प्रवाह गरेको छ । उपन्यासको माध्यमवाट नेपाली समाजमा अझैपनि जरा गाडेर वसेको इजत रुपी मुकुण्डो जसलाई नारीको यौनिकतासँग जोडेर सधैभरी पीडा र यातनाको भारी वोकेर हिड्न  वाध्य हुन्छन यसलाई च्यातेर विद्रोहको ज्वारभाटा ल्याउनु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ । इजत यौनिकतामा होइन कर्ममा विश्वास गर्नुपर्छ भन्ने मान्यतालाई संवादको परिवारको स्वीकृतिविना निभासँग विवाह गरेको प्रसङ्गले समाजप्रति विद्रोहको संकेत गरेको छ भने अर्कोतर्फ जीवनमा प्रेमको महत्वलाई संवाद र निभाको प्रेम सम्वन्ध र साथी पाण्डु र उसको परिवारले निभा प्रति गरेको मायाँ र प्रेमको माध्यमवाट उजाडिएको जीवनमा असल प्रेमले कसरी आशाको सन्चार भर्न सक्दो रहेछ भन्दै प्रेम जीवनको यस्तो उर्जावान शक्ति हो जसले निराशा मृत्यु होइन जीवनको महत्वलाई सारवान गराएको छ ।

    उपन्यासको मध्यभाग सम्मको विषयवस्तु निकै दुःखदायी पीडा कठीनाई अफ्ठ्यारा घटनाहरुले गर्दा वेलावेलामा पढ्दै गर्दा मुर्छित पार्दो रहेछ । मातृस्नेहको अभावले सन्तानको लागि कति ठूलो चोट र जीवनलाई नै कसरी अन्धकारको वाटोमा धकेल्दो रहेछ भन्दै मातृप्रेमको महत्वलाई सशक्त ढङ्गवाट प्रस्तुत गरिएको उपन्यास आधुनिक उपन्यासको फाँटमा प्रेरक साहित्यको उत्कृष्ट कसिमा राख्न  सकिन्छ  ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij