२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा पाँचलाख बढीको अवैध लत्ताकपडा बरामद

बिहिवार , मंसिर ७, २०८०

भैरहवा, ७ मंसिर ।
सशस्त्र प्रहरीले रुपन्देहीमा पाँचलाख बढीको अवैध लत्ताकपडा बरामद गरेको छ । बिहीबार बिहान मायादेवी गाउँपालिका–६ स्थित गोनहा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल बिओपी मझगावाबाट सशस्त्र प्रहरी निरीक्षक गिता ज्ञवालीको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रु. ५ लाख ७ हजार १ सय (अन्दाजी मूल्य) बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. भैरहवा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दिपक कुमार थापाले बताए ।

त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म (डण्डा) ले बुधबार अन्दाजी मूल्य रु. ५७ हजार ८ सय बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डाबाट लत्ताकपडा बरामद गरेको हो ।

टोलीले सवारीचेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको एसपी थापाले जानकारी दिए । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले जानकारी दिए ।