
मंगलवार , माघ २०, २०७७
भैरहवा, २० माघ ।
विश्व सिमसार दिवस–२०२१ को अवसरमा पत्रकार चेतन पन्त सम्मानित भएका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा भिडियो डकुमेन्ट्री एवं फोटोग्राफीको माध्यमबाट विशेष योगदान पुर्याएको भन्दै पत्रकार पन्तलाई लुम्बिनी विकास कोषले सम्मान गरेको हो ।
कोषले मंगलबार लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा उनलाई लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरे ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल वरिष्ठ पत्रकार पन्त लुम्बिनीको पर्यटन प्रवद्र्धनमा लागेका छन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij