२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

रुपन्देहीमा भन्सार छलेर ल्याइएको अवैध कपडा बरामद

शुक्रवार , मंसिर ८, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, ८ मंसिर ।
    रुपन्देही प्रहरीले अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार बिहान रोहिणी गाउँपालिका–७ स्थित अमुवाबाट कपडा बरामद गरेको हो ।

    भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४ लाख ८ हजार रुपैयाँ बराबरको ३४० पिस कुर्ता सुरुवाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए । बेवारिसे अवस्थामा फेला पारिएका कपडा स्थानीयबासीको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिए ।

    clothes.jpg