
सोमवार , मंसिर ११, २०८०
भैरहवा, ११ मंसिर ।
लैगिक हिंसाविरुद्धको १६ दिने अभियान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा आइतबार सम्पन्न भएको छ । माइती नेपाल भैरहवाको आयोजनामा भएको कार्यक्रममा घरेलु हिंसा कसुर र सजाय ऐनमा भएका कानूनी व्यवस्थाका विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले कानूनी व्यवस्थाका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।
वडा कार्यालयमा भएको कार्यक्रममा वडा सदस्य बसन्त प्रसाद अधिकारी, बसुन्धरा शर्मा, सविता हरिजन लगायतले बोलेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, महिला समूह, समाजसेवीलगायत गरी ४० जनाको सहभागिता रहेको थियो । सो अवसरमा वडाअध्यक्ष भण्डारीले महिलाहरु आर्थिक रुपमा सबल र आत्मनिर्भर नभएसम्म यो समस्या रहिरहने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij