२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

सुनको मूल्यको फेरि नयाँ रेकर्ड

मंगलवार , मंसिर १२, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १२ मंसिर । नेपाली बजारमा सोमबार सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

    सोमबार ५०० रुपैयाँले नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलबार पनि ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो यो हालसम्मकै उच्च मूल्य हो। मंगलबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 


    यसअघि सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। सोमबार १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार स्थिर छ ।