images

सोमवार, बैशाख २४ गते २०८१

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’ भन्दै गायक नविनले नचाए दर्शकलाई

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’ भन्दै गायक नविनले नचाए दर्शकलाई

images
images
images
बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’ भन्दै गायक नविनले नचाए दर्शकलाई

    भैरहवा, १३ मंसिर ।
    ‘लेउ खुकुरी लेउ, ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’ भन्दै गायक नविन पौडेल गीत के गाएका थिए रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ८६ वर्षिय ज्ञानधरि अर्याल नाच्न स्टेज निरै पुगिन । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई संगीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेरसम्म नाचिन । उमेरले जेष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’ भन्दै दोहोराउदै तन्नेरीकै शैली अर्याल भुरुकभुरुक नाचेर साथ दिइन । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत जनतालाई जागरुक गराउने पौडेलको त्यो गीतले अर्याल भरपुर मनोरञ्जन गरिन । 

    images
    images
    images

    गायक नविनकै गीत सुनेर अर्की ७५ वर्षिय राधा गौतम पनि नाचेर साथ दिइन । भैरहवा निवासी गौतमले ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’ भन्दै टुक्का दोहोराउँदै उपस्थित अन्य कलाकारलाई अकमक्क पारिन । वयस्क तथा युवाहरुले पनि गायकलाई नाचेर साथ दिइरहँदा यी दुई जेष्ठ नागरिक आमाहरु त प्रतिनिधिमुलक पात्र हुन् । 

    भैरहवामा जारी छैठौं प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) मा आएका गायक पौडेलले समय अभावले महोत्सवमा केही गीत मात्र प्रस्तुत गर्न पाए पनि सबै दर्शकलाई छमछम नचाए । स्टेज छोडेर पौडेलले दर्शक दिर्घामै गएर पनि केही गीत पस्के । चर्चित गायक पौडेलले जनगायकको रुपमा पनि परिचय बनाएका छन् । 

    ‘मेरो देश सधै रोइरहेको छ, मेरी आमा सधै रोइरहेकी छन, मेरो माटो र मेरो देश धरधरी रोइरहेको छ, ’गायक पौडेलले भने । यो देशको छोरो अष्ट्रेलिया, क्यानाडा, युरोप गइसक्यो यो देशमा बस्ने कोही पनि छैन । किनकी यो देश नेतृत्व गर्ने लुटिसके तिनकै विरुद्धमा ‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ’ गीत गाएको पौडेलले भने । उनले यो गीतको माध्यमबाट सबैले खबरदारी गर्नु पनि आग्रह गरे । 

    नेपालको लोक, कला, संस्कृति र साहित्य क्षेत्रमा योगदान पुर्याएवापत उनी नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जनसेवा श्री पदकले समेत सम्मानित भएका थिए । 

    सिर्जनाको माध्यमबाट पौडेलले नेपालको कला, संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै आएका छन । उनको सृजनामा देशको  समसामयिक अवस्थाको चित्रणका साथै स्वरमार्फत जागरुकता बढेको छ भने साँस्कृतिक यात्राले नेपालको कला संस्कृतिलाई संरक्षण र प्रवर्द्धनमा सहयोग पुगेको छ । 

    पाल्पा जन्मिएका पौडेलले ‘के सम्झनु छर जान्न मत त्यो घर’, ‘हरेक जातजाति छौं नानाथरी’, ‘फुलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो’, ‘सुदुरपश्चिम घर मेरो ओई सुवा सुदुरपश्चिम घर मेरो’, ‘दुःखका दिन गए, श्रीनगर बतासे डाँडैमा’, ‘आजै भेट बटौली आको म परेँ पाल्पाको’ लगायतका दर्जनौं सामाजिक एवं यथार्थपरक गीतहरुको सिर्जना गरेका छन्  । 

    नविन पौडेल मात्रै होइनन् गायक कमल खत्री, अफसर अली, हाँस्य कलाकार उज्जवल गिरी, गायिका रितु थापा, सरस्वती थारु, रेनु राना, डान्सर बबिता धितालले पनि प्रस्तुति दिएका थिए ।  

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij