२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल गर्ने

बुधवार , माघ २१, २०७७

काठमाडौं, २१ माघ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार (भोलि) आम हड्ताल गर्ने घोषणा गरेको छ ।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।  यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सह–संयोजक पम्फा भुसालले बताइन् ।