२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

नमुनाद्वारा बाणगंगा–७ र ८ का बाढीप्रभावित लक्षित समुदायलाई राहत प्रदान

शुक्रवार , मंसिर १५, २०८०

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १५ मंसिर ।
    नमुना एकीकृत विकास परिषद (नमुना) रुपन्देहीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ मा २०८० असारमा गएको बाढीबाट प्रभावित लक्षित समुदायलाई राहत सहयोग गरेको छ । 

    नमुनाले विपन्न लक्षित समुदाय (अपांग, महिला, गर्भवती र सुत्केरी)लाई ओछ्याउने बिस्तारा, फाइबरको सिरक, तकिया, स्वच्छता सामग्रीहरु, घ्यु, अन्डा र ओढ्ने न्यानो उनी सलसहितको राहत प्रदान गरेको हो ।

    नमुनाको आयोजना, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सहकार्य बाणगंगा नगरपालिकाको समन्वय तथा टेवा ललितपुरको सहयोगमा बाणगंगा अपांगता भएका महिला र पुरुष गरी १४ जना, गर्भवती महिला ५ जना र सुत्केरी ११ जना गरी ३० जनालाई राहत प्याकेज वितरण गरिएको हो ।

    403403492_1080118263119413_742867113057993826_n.jpg

    नमुनाकी कार्यकारी निर्देशक ज्ञानु पौड्यालको संयोजकत्वमा भएको कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ की कार्यबाहक अध्यक्ष शारदा परियार, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका संरक्षक पोम प्रसाद पौडेल, लेखा समिति संयोजक त्रिलोचन घिमिरे, बनगाइ टोल सुधार समितिका अध्यक्ष तिलक काउचा, नमुनाका कार्यक्रम अधिकृत राजेश जि.सि., दीक्षा पौड्याल, कपिलवस्तुका जिल्ला संयोजक रोयल श्रेष्ठ, हरि प्रसाद चौधरी  तथा स्वंयमसेवक र हुमनाथ आलेलगायतको उपस्थिति रहेको थियो ।

    403612271_1002320447519899_2305305570696056645_n.jpg