२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

युसीएमएस र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

शनिवार , मंसिर १६, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १६ मंसिर ।
    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवा र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अस्पतालले मुक्तिनाथ विकास बैंकमा कार्यरत कर्मचारीहरु र त्यहाँ खाता भएका ग्राहकहरुले अस्पतालका सेवासुविधाहरुमा निश्चित प्रतिशतमा छुट प्राप्त गर्नेछन् । त्यस्तै बैंकले अस्पतालको प्रचार–प्रसारमा सहयोग पुर्याउनेछ ।

    त्यस्तै बैंकमा कार्यरत कर्मचारीहरु र बैंकका ग्राहकहरुले अस्पतालको साधारण बेड शुल्कमा ५० प्रतिशत, क्याबिन तथा डिलक्स वार्डमा २० प्रतिशत, सघन उपचार कक्षमा १० प्रतिशत, सामान्य ल्याब जाँचमा २० प्रतिशत, रेडियोलोजी जाँचहरु डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, सि.टि.स्क्यान, एम.आर.आई.र मेमोग्राफी सेवामा २० प्रतिशत छुट प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।

    सम्झौताअनुसार शल्यक्रिया सेवा (इम्पलान्ट र औषधीबाहेक) मा २० प्रतिशत, विशिष्टकृत जाँचहरु तथा दन्त उपचार प्रक्रिया (इम्पलान्ट र औषधीबाहेक) मा १० प्रतिशत, सामान्य दन्त जाँच तथा उपचार, जटिल दाँत निकाल्ने सेवामा ३० प्रतिशत र सामान्य दाँत निकाल्ने सेवा भने निःशुल्क हुनेछ । 

    यी सेवाहरु प्राप्त गर्न बैंकमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचयपत्र र बैंकका ग्राहकहरुले अस्पतालमा आफ्नो डेबिट कार्ड अनिवार्य पेश गर्नुपर्ने युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । 

    शुक्रबार भएको सम्झौता कार्यक्रममा युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., मुक्तिनाथ विकास बैंक कोटिहवा शाखा प्रबन्धक शोभा गुरुङ्ग, युसीएमएसका वित्त नियन्त्रक सुरज पौडेल, बैंकका कोटिहवा शाखाका ऋण अधिकृत देवेन्द्र गौतमको उपस्थिति रहेको थियो ।