images
images

आइतवार, जेठ ६ गते २०८१

गौतमबुद्ध विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज नियमित सञ्चालनको माग

गौतमबुद्ध विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज नियमित सञ्चालनको माग

images
images
images
आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • गौतमबुद्ध विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज नियमित सञ्चालनको माग

    काठमाडौं, १७ मंसिर । 
    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज नियमित सञ्चालन गर्न गराउन माग गर्दै नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलले वायुसेवा निगममा ज्ञापनपत्र बुझाएको छ । 

    images
    images
    images

    नाट्टाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) र पूर्व अध्यक्ष सन्जिव जोशीको नेतृत्वमा काठमाडौं आएको एक प्रतिनिधि मण्डलले नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई ज्ञापनपत्र बुझाउँदै जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेका थिए ।

    वायुसेवा निगम सकारात्मक छ, सरकारले केही सहजीकरण गरेमा हामी सञ्चालनमा लाग्छौं । नायब महाप्रबन्धक कालाखेतीले भने, ‘हामीसँग चारवटा जहाज छ, यसैले केही समस्या भएको हो । तर, व्यवसायीले चासो राखेमा हामी जहाज उडान पहल गर्छौं ।’

    ४३ अर्ब भन्दा बढी लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले भैरहवा–काठमाडौं र भैरहवा–दिल्ली उडान गरेमा फुल बुकिङ गराउन सिंगो नाट्टा र ट्राभल्स व्यवसायी लागिपर्ने बताए ।

    405571463_734847971366730_5987912173852434971_n.jpg

    भैरहवाबाट बुद्ध, यति, श्री एअरलायन्सका गरी १५ वटा जहाज उडान भरिरहेको बेला नेपाल वायुसेवा निगमले पनि सञ्चालन भए जहाज सिट फुल बनाउन सहयोग गर्ने पूर्वअध्यक्ष संजीव जोशीले सो असरमा प्रतिवद्धता जनाएका छन् ।

    पर्यटन व्यवसायी अधिकारी र जोशीको नेतृत्वको प्रतिनिधि मण्डलमा नाट्टा लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र पाण्डे, महासचिव अन्जन श्रेष्ठ, नवलपरासी च्याप्टर अध्यक्ष भोला पराजुली, नाट्टा कार्यसमिति सदस्य बरुण ज्ञवाली र प्रेस सल्लाहकार नरेश केसी सहभागी रहेका छन् । 

    प्रतिनिधिमण्डलले प्रधानमन्त्री, पर्यटनमन्त्री, श्रममन्त्री क्यानका डि.जी., विभिन्न एअरलायन्सका प्रमुखसँग भेटेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित उडानको लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij