images
images

आइतवार, जेठ ६ गते २०८१

‘गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेलाई पुरस्कार दिने तयारीमा छौं’

‘गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेलाई पुरस्कार दिने तयारीमा छौं’

images
images
images
आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • ‘गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेलाई पुरस्कार दिने तयारीमा छौं’

    काठमाडौं, १७ मंसिर । 
    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको पाँचलाख प्रोत्साहन पुरस्कार दिने गरी सरकारले कार्यक्रम ल्याउन थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन् । 

    images
    images
    images

    नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफलपश्चात मन्त्री किराँतीले भने, ‘भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्ने गरी हामी लागिरहेका छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई पुरस्कारस्वरुप प्रत्येक उडानको पाँचलाख दिने तयारी गर्दैछौं ।’

    मन्त्री किराँतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए । ‘हामीसँग जहाज कम छन् । तर, भैरहवा र पोखराबाट उडान नगरी हँुदैन । त्यसको लागि हामी तयार छौं, पर्यटन व्यवसायीले सकारात्मक सहयोग गर्नुहोस् ।’ उनले राज्यको ४३ अर्ब भन्दा बढी लगानी भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल र त्यही विमानस्थल देखेर ६५/७० अर्ब लगानी गरेको निजी क्षेत्रको बारेमा सरकार चिन्तित रहेको समेत बताए ।

    मन्त्री किराँतीले भने, ‘हामी जसरी पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्ने छौं । सरकारी व्यवस्थापनमा समस्या भयो भने निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि चलाउँछौं । ’

    मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक संजीव जोशीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरे ।

    नाट्टा लुम्बिनीकोतर्फबाट ९ बुँदे ज्ञापनपत्र बुझाउँदै  निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर)ले भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिए । अधिकारीले भने, ‘नेपाल वायुसेवा निगमको जहाज भैरहवा–दिल्ली, भैरहवा–काठमाडौं सुरु गराउनुस् हामी सिट भरेर पठाउँछौ ।’

    नाट्टा लुम्बिनीको प्रतिनिधि मण्डलले आइतबार नै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक  जनकराज  कालाखेतीलाई समेत  ज्ञापनपत्र बुझाएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij