images

सोमवार, बैशाख २४ गते २०८१

‘गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्रको लगानी जोखिममा’

‘गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्रको लगानी जोखिममा’

images
images
images
सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • ‘गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्रको लगानी जोखिममा’

    भैरहवा, १८ मंसिर ।
    व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्रमा गरिएको लगानी जोखिममा परेको बताएका छन् । उनीहरुले विमानस्थल सञ्चालन हुने मध्यनजर गर्दै पर्यटन क्षेत्रमा अरबौं लगानी भए पनि हालसम्म पनि नियमित उडान नहुँदा लगानी डुब्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    images
    images
    images

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले आइतबार सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (महोत्सवस्थल) मा आयोजना गरेको पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले यस्तो चिन्ता व्यक्त गरेका छन् ।

    कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले पर्यटन क्षेत्र धरासायी बन्दै गएको र यो क्षेत्रमा गरिएको लगानी जोखिममा परेको बताए । उनले नेपालमा अपेक्षित रुपमा पर्यटक भित्र्याउन नसकिएको बताए । उनले भने, ‘पर्यटन क्षेत्रमा समस्यै–समस्या छ । यो क्षेत्रको विकासका लागि सरकार गम्भिर बन्नुपर्छ । ’ श्रेष्ठले भारतीय पर्यटकले ल्याउने रकमको सीमा तोकिदा पनि पर्यटन क्षेत्रको विकासमा बाधा पुगेको बताए ।

    संगठनका पूर्वअध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले विमानस्थल सञ्चालनका लागि अब दबाबमूलक कार्यक्रम सञ्चालन गरिने बताए । उनले भने, ‘विमानस्थल सञ्चालनका लागि पहल हुन सकेको छैन । कि अन्तर्राष्टिय विमानस्थलको बोर्ड हटाएर बसपार्क राख्नुपर्यो होइन भने विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्नुपर्यो । ’उनले विमानस्थल पूर्णरुपमा सञ्चालन नहुनुमा व्यवसायीको के दोष छ भन्दै प्रश्न गरे । 

    संगठनका कार्यसमिति सदस्य तथा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका संयोजक अंकित जैसवालले विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै महोत्सवको मुख्य गेट हवाइजहाज आकृतिमा निर्माण गरिएको बताए । उनले विमानस्थल सञ्चालनमा नआउँदा अरबौंको लगानी जोखिममा परेको बताए ।

    पर्यटन व्यवसायी तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव संजय बजिमयले कनेक्टीभिटी बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । उनले विमानस्थल सञ्चालनको दबाब दिन बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

    इञ्जिनियर बालगोविन्द भटराईले स्थानीय कला संस्कृतिको संरक्षणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

    सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले सीमा नामा व्यवस्थित हुन नसक्दा पर्यटकले सास्ती खेप्नुपरेको बताए ।

    होटल व्यवसायी माधव नेपालले विमानस्थल निर्माणका लागि अरबौं लगानी भए पनि पूर्ण सञ्चालन हुन नसकेको बताए । उनले विमानस्थल सञ्चालन हुने कुरालाई मध्यनजर गर्दै निजी क्षेत्रले अरबौं लगानी गरेको बताए । उनले भने, ‘निर्माण गरिसकेपछि कुनै हालतमा पनि विमानस्थल सञ्चालन गर्नैपर्छ । सरकार यसप्रति जवाफदेही हुनैपर्छ ।’

    लुम्बिनी केबलकार प्रा.लि.का अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले पर्यटन प्रवद्र्धनमा केबलकारले सहयोग गर्ने बताए । उनले पर्यटकको बसाइ लब्याउन सक्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

    एन.जी. मार्केट मणिग्रामका अध्यक्ष नारायण बन्जाडेले नेपालको सुन्दरताको बारेमा शब्दमा वर्णन गर्नै नसकिने बताए । उनले खेत अरुले रोपिदिन्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिए ।

    सिद्धार्थ होटल एशोसिशयनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटकलाई खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले मुलुकको पर्यटन नीति नै ठीक नभएको बताए । उनले सरकारलाई धेरैपटक विमानस्थल सञ्चालन गर्न अनुरोध गरे पनि मागको सुनुवाइ नगरेकाले आन्दोलनमा उत्रिनुपरेको बताए । उनले काठमाडौंका केही व्यक्ति पनि विमानस्थल सञ्चालन गर्नुहुँदैन भन्ने सोच रहेको बताए । उनले भने, ‘यो विमानस्थल हाम्रो र हाम्रो परिवारको भविष्यसँग जोडिएको छ ।’

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल वायु सेवा निगमको जहाजको उपस्थिति यो विमानस्थलमा आवश्यक भएको बताए । उनले सरकार समक्ष यसबारे कुरा राख्दै आएको बताए । उनले विमानस्थल २४ सैं घण्टा र ३६५ दिन सञ्चालनमा रहेको तर नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । उनले नेपाल नागरिक उडड्यन प्राधिकरण पनि अन्तर्राष्टिय उडानका निम्ति लागिपरेको बताए । उनले नियमित व्यवसायिक उडान हुनुपर्छ भन्ने आफ्नो पनि माग रहेको बताए । उनले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सन्दर्भमा ऐक्वद्धता रहे पनि विमानस्थल बन्द गरेर आन्दोलन गर्ने कुरामा आफ्नो विमत्ति रहेको बताए ।

    पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले कुनै पनि ठाउँमा ठूलो संरचना बनाएर मात्र पर्यटन प्रवद्र्धन हुन नसक्ने बताए । उनले गत वर्ष टुर गाइड तालिममा १३५ जना सहभागी भएको र जसमध्ये १५ जनाले काम गरिरहेको बताए । उनले अब होटल व्यवस्थापन, कुक लगायतका तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

    उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij