२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार

सोमवार , मंसिर १८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १८ मंसिर । नेपाली बजारमा सुनको भाउ आकासिएको छ । 

    बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाऊँले पुनः नयाँ रेकर्ड कायम गरेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेकाे छ ।

    आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाऊमा नै स्थिर रहेको छ ।